सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2024 आर्थिक वर्ष Vol.1』तयार भएको छ।(広報誌『仙台多文化共生センターだより2024年度Vol.1』ができました。)
『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』मा सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनयापनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं।
यस अंकको बिषयबस्तु चाँही,「आफ्नो तलब भुक्तानी पर्ची कसरी हेर्ने भन्ने बारेमा जानौं」भन्ने बारेमा छ।
के तपाईंले जापानमा काम गर्नुभएको छ? तपाइँले काम गरेपछि तलब पाउने बेलामा दिइने「तलब भुक्तानी पर्ची (राषिद)」मा धेरै कठिन शब्दहरु थुप्रै प्रयोग गरिएको हुन्छ। ति शब्दहरुको अर्थ धेरैलाई थाहा नहुन पनि सक्छ। त्यसैले त्यस्ता थाहा नभएका कुराको समाधानका प्रयास गर्नको लागि, यस अंकमा हामीले तलब भुक्तानी पर्चीको बिषय शीर्षकको बारेमा व्याख्या गरेका छौ। कृपया हेर्नुहोला!
सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2024 आर्थिक बर्ष Vol.1
【जापानिज संस्करण अंग्रेजी संस्करण चाइनिज संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण】
यस अंकको विषयवस्तु:आफ्नो तलब भुक्तानी पर्ची कसरी हेर्ने भन्ने बारेमा जानौं
सूचना : SenTIA स्थानीय क्षेत्रको जापानी भाषाकक्षा पोर्टल साइट, गिभ अवेको
परामर्श कर्मी कर्नर:「जापानमा तलब पाएपछि मनमा लागेको कुराहरु-परामर्शकर्मीहरूको अनुभव र विचार प्रस्तुत गर्नेछौं-」
※जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनामी, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ। जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ। अवश्य हेर्नुहोला।