कार्यक्रम बिबरण SenTIA अन्तर्राष्ट्रिय सम्बन्ध बिभागको कार्य गतिविधि

SenTIA ले फरक भाषा, राष्ट्रियता, संस्कृति आदिको प्रवाह नगरी, जो-कसैले पनि आफ्नो दक्षता तथा व्यक्तित्वको उपयोग गर्दै, खुशी र सुखका साथ बस्न सक्ने शहर निर्माण गर्ने, उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।

हामिले बहुसांस्कृतिक समाज निर्माणको लागि सामुदायिक र मानव संसाधन विकासमा पहल-कदमीका साथ काम गर्दै आएकाछौं।

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको कार्यव्यवस्थापन

「सेन्दाई बहुसाँस्कृतिक समाज केन्द्र」ले, सेन्दाईमा बसोबास गरिरहेका विदेशी नागरिकहरु, भ्रमण वा व्यावसायिक भ्रमण आदि कारणले छोटो समयको लागी बसोबास गर्ने व्यक्तिहरु लाई आवश्यक पर्ने जानकारीहरु प्रदान गर्नुका साथै परामर्शको सहयोग, दोभाषेको सहायता पनि गर्दै आइरहेको छ। अवश्य, निसंकोच भै आफुलाई चाहिएको सुविधाको उपयोग गर्नुहोस ।

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

जापानिज भाषा सिक्न सहयोग

जापानिज भाषाकक्षा

विदेशी नागरिकहरुलाई जापानिज भाषा सिक्न सहयोगको लागी, सामुदायिक केन्द्र या सामुदायिक संगठन सँगको सहकार्यमा जापानिज भाषाकक्षा संचालन गर्नुका साथै, जापानिज भाषा सिकाउने सहयोगी संगठनहरुलाइ मद्दत गर्ने कार्य पनि गर्दै आएका छौँ ।

जापानिज भाषाकक्षाको बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

जापानिज भाषा स्वयंसेवक

जापानिज भाषा स्वयंसेवक सँग भाषा सिक्न चाहने व्यक्ति सँग भेट गराउने तथा पढ्ने ठाँउ पर्दान गर्ने कार्य गर्दछौँ ।

जापानिज भाषा स्वयंसेवकको बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

स्थानीय जापानीज भाषा शिक्षा प्रणालीको विकास

स्थानीय जापानीज भाषा शिक्षाको अभिवृद्धिको माध्यमबाट, बहुसाँस्कृतिक समाज केन्द्रको लागि सामुदायिक विकासलाई प्रवर्द्धन गर्नेछौं।

जिबनयपनको लागी सहयोग

सामुदायिक दोभाषे सहयोगी

प्रशासनिक कार्यालय र विद्यालयहरू, बालबालिका हेरचाह केन्द्र (नर्सरी) आदि ठाँउमा जापानिज भाषा बोल्न कठिनाइ भएका विदेशी नागरिकहरुको सहायताको लागि सामुदायिक अनुवादक सहयोगीहरुलाई पठाई भाषा अनुवाद सम्बन्धि सहयोग गर्ने गरिन्छ। दर्ता गरेका सहायता कर्मीहरुलाई तालिम पनि प्रदान गर्छौं।

सामुदायिक दोभाषे सहयोगीको बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

जीवनयापन अभिमुखिकरण

विदेशी नागरिकहरुले आफ्नो देश र जापानको नियम या शिष्टता आदि बिचको फरक बुझेर ढुक्क भइ आराम सँग बसोबास गर्नको लागिको जानकारीहरु प्रदान गर्दै आएका छौँ । प्रस्तावहरु आएमा हामीले विश्वविद्यालय तथा जापानी भाषा स्कूलहरूमा गएर अभिमुखिकरण कक्षा पनि संचालन गर्ने गर्दछौं ।

विस्तृत जानकारी र आवेदन फारमको लागि यहाँ क्लिक गर्नुहोस[PDF]

जीवनयापन सम्बन्धि बहुभाषीय जानकारी

हामीले स्वास्थ्य, बच्चाको पालनपोषण,सवारी सुरक्षा, प्रकोप रोकथाम आदिको बारेमा विदेशी नागरिकको दैनिकजीवनमा आवस्यक पर्ने जानकारीहरु, प्रशासन तथा सामुदायिक संगठनहरुको मद्दत लिदै बिभिन्न भाषामा अनुवाद गरेर प्रदान गर्दै आएका छौँ ।

अनुवाद गरिएको विदेशी भाषाका जानकारीहरुको सूचीको लागी यहाँ क्लिक गर्नुहोस

FM रेडियो बहुभाषीय प्रसारण

हामी चारवटा FM रेडियो स्टेशनको सहयोगमा बहु-भाषाहरूमा जानकारी प्रसारित गर्दछौं । सामान्य समयमा यसबाट दैनिक जीवनयापन सम्बन्धि जानकारी तथा मौसम अनुसारका जानकारीहरु प्रसारण गरेर,प्रकोपहरु आइपर्दा विपत सहायता सम्बन्धि जानकारी प्रसारण गर्ने माध्यमको रूपमा प्रयोग गरिन्छ ।

बहुभाषीय प्रसारण स्टेशनको बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

विदेशसँग सम्बन्ध भएका बालबालिकालाई सहयोग

विदेशी साना विद्यार्थी लगायतका「विदेशसँग सम्बन्ध भएका बालबालिका」वा उनिहरुको परिवारहरुलाई मद्दत गर्नको लागि「शिक्षण क्यारियर मार्गदर्शन」वा 「अनलाइन कक्षा」संचालन गर्नुका साथै, बिभिन्न जानकारी प्रदान वा अध्ययनको लागि उपयोगी सल्लाह दिनसक्ने संयोजकहरूलाई स्कुल आदिमा पठाउने कार्य पनि गर्ने गर्दछौँ ।

「सेन्दाई बालबालिका सहायता परामर्श डेस्क」को बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

शिक्षण क्यारियर मार्गदर्शन को बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

विपद् रोकथामको लागी जागरूकता

विदेशी नागरिकहरूमा विपद् रोकथामको चेतना जगाउनको लागी, हामीले बिभिन्न भाषाहरूमा विपद् रोकथाम सम्बन्धि जानकारी प्रदान गर्नुका साथै विपद् रोकथामको अभ्यासहरू पनि सञ्चालन गर्ने गर्दछौं।

बहुसांस्कृतिक विपद् रोकथामको बिस्तृत जानकारी यहाँबाट

अन्तर्राष्ट्रिय विद्यार्थीको लागि पुनःप्रयोगका साइकलको मध्यस्थकर्ता

अन्तर्राष्ट्रिय विद्यार्थीको सहायता र संसाधनहरूलाई पुनःप्रयोग गर्न 「SENDAI अन्तर्राष्ट्रिय विद्यार्थी साइकल पुनःप्रयोग परियोजना प्रबर्द्धन परिषद」को परियोजनालाई हामीले व्यवस्थापन गर्ने कार्य गर्दछौं ।

प्राकृतिक प्रकोपको समयमा विदेशीनागरिकहरूलाई सहयोग

प्राकृतिक प्रकोप बहुभाषिक सहायता केन्द्र कार्य ब्यवस्थापन

ठूला प्रकोपहरु आइपरेको बेलामा सेन्दाई निवासी विदेशी नागरिकहरूका साथै पर्यटकहरूलाई सहयोग गर्नको लागि, सेन्दाई सिटीले स्थापना गरेको 「प्राकृतिक प्रकोप बहुभाषिक सहायता केन्द्र 」संचालन गर्दछ ।

प्राकृतिक प्रकोप बहुभाषिक सहायता केन्द्रको बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

प्रकोपको बेलाको भाषा स्वयंसेवक प्रशिक्षण

प्रकोप आइपर्दाको लागि तयार रहन, हामीले सेन्दाई सिटी प्रकोपको बेलाको भाषा स्वयंसेवकको आवेदन माग गर्दछौं र दर्ता भएका व्यक्तिहरूलाई मार्गदर्शन तथा प्रशिक्षण प्रदान गर्नेछौं ।

प्रकोपको बेलाको भाषा स्वयंसेवकको बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

सामुदायिक विकास सहायता

अन्तर्राष्ट्रिय सम्बन्धि बुझाई प्रबर्द्धन

हामीले अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान कार्यमा चाह भएका विदेशी मुलका नागरिकहरुको आवेदन दर्ता गरि, स्कुल, नागरिक केन्द्र आदिका सामुदायिक संस्थाहरुले संचालन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध बुझाइ प्रबर्धन कार्यक्रम लाई,मानव संसाधन तथा जानकारीहरु जस्ता सहायता प्रदान गर्ने गर्दछौं ।

अन्तर्राष्ट्रिय सम्बन्धि बुझाई प्रबर्द्धन「कोकुसाई रिकाइ प्रोग्राम」को बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

नागरिक गतिविधि सहायता अनुदान

हामी बहुसांस्कृतिक समाज, अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान, र अन्तर्राष्ट्रिय सहयोग जस्ता गतिविधिहरूलाई प्रवर्द्धन गर्न नागरिक संस्थाहरूको परियोजनालाई अनुदान दिने गर्दछौं ।

गतिविधि सहायता अनुदानको बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

बहुसांस्कृतिक समाज संबन्धि कक्षा

हामीले विदेशी नागरिकहरूको हालको स्थिति तथा बहुसांस्कृतिक समाज निर्माणको बारेका, कक्षा तथा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने गर्दछौं ।

मानव संसाधन विकास परियोजना

सेन्दाई अन्तर्राष्ट्रिय विद्यार्थी आदानप्रदान सदस्य समिति

स्थानीय बासिन्दाहरूसँग अन्तरक्रिया गर्न र विदेशीहरूलाई सहयोग गर्न उत्सुक अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई 「सेन्दाई अन्तर्राष्ट्रिय विद्यार्थी आदानप्रदान समिति सदस्य」मा नियुक्त गरि, हाम्रो संगठन या सेन्दाई सिटीले सञ्चालित विभिन्न परियोजनाहरूमा सहयोग गर्ने लगाईनेछ। गतिविधि कार्यहरूको लागि अनुदान रकम प्रदान गरिनेछ।

सेन्दाई अन्तर्राष्ट्रिय विद्यार्थी एक्सचेन्ज समिति सदस्यको बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस

बहुसांस्कृतिक समाज आदिसँग सम्बन्धित अनुसन्धान तथा जन सम्पर्क कार्यक्रम

अध्ययन अनुसन्धान

हामी बहुसांस्कृतिक समाजको सह-अस्तित्व सम्बन्धी वर्तमान स्थिति, समस्याहरू, र भविष्यको दिशानिर्देशहरूको अध्ययन तथा अनुसन्धान गर्नेछौं। त्यसैगरी, हामी विभिन्न परिषद कार्यालय तथा प्रशिक्षणहरुमा भाग लिएर सम्बन्धित संस्थाहरूसँग नेटवर्क निर्माण गर्ने कार्य गर्दछौं ।

जनसम्पर्क

हामीले आफ्नो वेबसाइट तथा हाम्रो एसोसिएसनको जन सम्पर्क पर्चिहरु मार्फत हाम्रो एसोसिएसनको कार्यक्रम या विदेशीनागरिक, नागरिक समूहहरूको क्रियाकलापहरूको बारेमा जानकारी दिने कार्य गर्दछौं, बहुसांस्कृतिक समाजको सह-अस्तित्वका बारे सचेतना जगाउने काम पनि गर्दछौं । साथै, स्थानीय समुहको अनुरोधमा कार्यालयका कर्मचारी खोजि गरि हाम्रो संस्थाको प्रयास र प्रकोप रोकथाम परियोजनाहरु सार्वजनिक सम्बन्ध प्रबर्द्धन गर्नको लागी प्रशिक्षकको रुपमा पठाउने गर्दछौं।

अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान कार्यक्रम

अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान

अन्तर्राष्ट्रिय भगिनी मैत्री शहरहरूबाट सेन्दाईमा आउने नागरिक समूह तथा युवाहरू यँहा आउँदा, होमस्टे या नागरिक समुहसँगको अन्तरक्रियाको माध्यामबाट, समुदायको तल्लोतह सम्म सम्बन्ध आदानप्रदानलाइ बिस्तार गर्ने कार्य गर्दछौं ।