विदेशसँग सम्बन्ध भएका बालबालिका
परामर्श डेस्क

  • फोन:022-268-6260(SenTIA कार्यालय समय बिहान 9:00~बलुका 5:30)
  • फोन:022-265-2471(सेन्दाई बहुसांस्कृतिक समाजकेन्द्र समय बिहान 9:00~बेलुका 5:00)
  • मेल:kokusaika@sentia-sendai.jp
  • संचालित:सार्वजनिक हित समिति, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन, अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग
  • सहयोग:सेन्दाई शिक्षा विकास कार्यालय

विदेशसँग सम्बन्ध भएका बालबालिका, उनिहरुको अभिभावक, बालबालिका पढ्ने स्कूल, स्कूलका शिक्षकहरु, स्कूलभर्ना, अर्कोस्कूल सरुवा, स्कूलमा घुलमिल हुने बातावरण बनाउन, नयाँस्कूल जानको लागि तथा परिक्षाको प्रक्रिया सम्बन्धि परामर्श, विभिन्न परिस्थितिमा सहयोग गर्ने गर्दछौं ।


「विदेशसँग सम्बन्ध भएका बालबालिका」भन्नाले ?

  • बाबु-आमाको परिस्थितिका कारण विदेशबाट आएका बालबालिका
  • जापानमा जन्मिएर हुर्किएका तर , बाबु-आमा दुबै अथवा आमा वा बाबु बिदेशी भएका बालबालिका
  • जापानी नागरिकता सहित अर्को देशको नागरिकता भएका बालबालिका
  • बाबु आमाको अन्तररास्ट्रीय विवाहको कारण, परिवार भित्र बोलिने भाषा जापानिज बाहेकको भाषा बोल्ने बालबालिकाहरु

आदि(※विदेशी नागरिकता भएका बालबालिकामा मात्रै सिमित नभइ विभिन्न प्रकारका केसहरु छन ।)


SenTIA ले निम्न गाइडबुक बनाएको छ । यसलाई प्रयोग गर्नुहोला ।


यस्ता बच्चाहरूलाइ ,अन्य समस्या हरु निम्तन सक्दछ ।

  • पर्याप्त जापानीज भाषा नजानी विधालयमा भर्ना भएका ।
  • फरक संस्कृति र फरक परिवेशमा हुर्केंका हुनाले, विधालय जिबनमा घुलमिल हुन समय लाग्छ ।
  • दैनिक बोलीचालीमा कुनै समस्या नभएपनि, पढाएको भाषा नबुझ्नाले, पाठ्यक्रममा आगाडि बढ्न नसक्ने ।
  • अभिभावकको जापानिज भाषा क्षमता कम भइ, घरमा सिकाउन सहयोग गर्न नसकिने ।

यस्तो अवस्थामा परामर्श लिनुहोस ।

विधालयको शिक्षक

  • जापानीज भाषाको पढाइ, कसरी पढायो भने ठिक हुन्छ भनेर थाहा नहुने ।
  • जापानिज भाषा नबोल्ने, विदेशीनागरिकको बच्चा विधालयमा भर्ना हुनेभयो ।
  • विदेशमा परिवार भएका अभिभावकलाइ, कसरी सहयोग गर्यो भने ठिक हुन्छहोला ।

अभिभावकहरुको तर्फ,

  • विधालयको कार्यक्रमहरुमा जाँदा, शिक्षकसँग छलफल गर्दाको समयमा, दोभाषेको सहायता चाहन्छु ।
  • विधालय बाहेकको भएपनि, जापानिज भाषा वा पढाइ सिकाउने ठाउँ भए जानकारी गरिदिनुहुन अनुरोध गर्दछु ।

यस्तो प्रकारको सहयोग गर्नसक्छौ ।

हामी यससँग सम्बन्धित अनुभवी संयोजकहरु पठाउने छौं ।

  • नयाँ भर्ना प्रक्रियाको समयमा अभिभावकको साथै, विधालयमा सहयोग गर्नेछौ ।
  • जापानिज भाषा बोल्न नसक्ने बालबालिकाहरुको लागिको शिक्षण विधि या ध्यान दिनुपर्ने कुरामा सल्लाह दिनेछौं ।
  • पढ्ने क्रममा पछाडी परेका बालबालिकालाई सिकाउने तरिकाको बारेमा सल्लाह दिनेछौं ।
  • अभिभावकको छलफल, अभिभावक-बालबालिका र शिक्षक तिनपक्षको छलफलमा सहभागी भइ ,अध्ययन या शिक्षण क्यारीयर मार्गदर्शनको समस्याको बारेमा सल्लाह दिनेछौ।
>>विस्तृतरुपमा यहाँबाट

स्वयंसेवक दोभाषेको परिचय तथा व्यवस्था गर्नेछौं ।

  • नयाँ भर्ना प्रक्रियाको समयमा सँगै उपस्थित हुने बेलामा
  • बालबालिका र अभिभावकको साथ छलफलको समयमा
  • आपतकालिन समयमा अभिभावकलाई सम्पर्क गर्नका लागि

※दोभाषेको व्यवस्था गर्न केहि समय लाग्न सक्दछ ।


धेरै सोधिने प्रश्नहरू

A.

दोभाषे स्वयम्सेवकहरु पठाउने प्रणाली,बच्चाहरुको लागिको जापानिज भाषाकक्षा आदि कुराहरु छन ।

सेन्दाई शिक्षा कार्यालयले स्कुलमा पठाउने दोभाषे सहायता तथा जापानिज भाषा सिक्न सहायताको स्वयंसेवक प्रणाली, नागरिक समुहहरु द्वारा संचालन गरीइने बच्चाहरुका लागिको जापानिज भाषाकक्षा, अभिभावकहरुकालागिको बालबालिकाको प्राइमेरी स्कुल भर्ना बारेको कक्षा, हाइस्कुल जान अध्ययन क्यारियर मार्गदर्शन आदि, भिभिन्न कुराहरु छन ।

बिस्तृतमा बुझ्नको लागि परामर्श डेस्कमा सम्पर्क गर्नुहोस ।

A.

अनुभवी कर्मचारीले बालबालिकालाई सहजरूपमा अनुकुल बातावरणका लागि सल्लाह दिन्छन ।
संयोजनक कर्ता भनेको, विदेशसँग सम्बन्ध भएका बालबालिकालाई सहायता गर्ने विज्ञता भएका नागरिक समुहका सदस्यहरू या सेन्दाई सिटी शिक्षा कार्यालयको बिदेसी बच्चाहरु आदिलाई मार्गदर्शन गर्ने सहयोगीहरु, बालबालिका सहयोगको बारेमा ज्ञान तथा अनुभव भएका मानिसहरु हुन ।

संयोजक कर्ताको कार्यको गतिबिधिहरु भनेको, मुख्यतया निम्नाअनुसार छन ।
①नयाँ भर्ना, स्कुल सर्दा गर्नुपर्ने प्रक्रियामा साथदिइ,साना बिधार्थीहरु र तिनीहरूका अभिभावकलाई सहयोग गर्नेछौ ।
②मार्गदर्शन सहयोगीको पठाउने कार्यमा साथदिइ, मार्गदर्शन योजनाहरूको बारेमा संगसंगै छलफल तथा बिचार गर्न मद्द्त गर्नेछौ ।
③समस्यामा परेका साना बिधार्थीको जापानिज बोल्ने क्षमताको बारेमा बुझ्ने या जापानी भाषा सिक्ने बारेको सल्लाहहरु दिनेछौ ।
④जापानिज भाषा क्षमता अपर्याप्त भइ जापानको शिक्षा प्रणाली संग जानकार नभएका विदेशी नागरिक अभिभावक सँग छलफलमा सहभागी भइ, कुराकानीलाई सजहरुपमा सुचारु गर्न सहयोग गर्नेछौ

(※अनुवादक पठाउने कार्य भने होइन।)

आवश्यक पर्योभने, बाहिरको सहयोगी कार्यक्रमको बारेमा पनि जानकारी गराउनेछौ ।
सहयोगी पठाउन लाग्ने शुल्क सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसनले व्यहोर्छ । विधालय, अभिभावकलाई कुनै बोझ पर्दैन ।

विस्तृत जानकारीको लागि परामर्श डेस्कमा सम्पर्क गर्नुहोस ।

A.

प्रक्रिया पुरागर्ने समयमा या अभिभावक सँग छलफल आदी, स्थलगत दोभाषे पठाउने कार्य सम्भव छ।

नागरिक समुह या विदेशी बासिन्दा स्वयंसेवकहरूसंग सहकार्य गरि, दोभाषेहरु नगरपालिका तथा बिधालय आदि स्थलमा पठाऊन सम्भव छ । दोभाषे पठाउने कार्यको शुल्क लाग्दैन ।
यधपी, स्थलगत दोभाषे पठाउने कार्यको स्थानहरु सिमित छन (स्कुल फेर्दाको भर्ना प्रक्रिया,अभिभावक सँगको छलफल, शैक्षिक परामर्श आदि)।

पठनपाठन सहयोग जस्ता, लामोसमय सम्मको लागि दोभाषे पठाउने कार्य चाहिँ, सेन्दाई सिटी शिक्षा कार्यालयको स्वयंसेवक परिचालन प्रणालीको उपयोग गर्नुपर्नेहुन्छ।

बिस्तृत विवरणका लागि परामर्श डेस्कमा सम्पर्क गर्नुहोस्।


「विदेशसँग सम्बन्ध भएका बालबालिकाको सहायता सेन्दाई」

2017 साल बाट सुरु गरिएको, SenTIA को बालबालिका सहायता परियोजना हो।
सेन्दाई सिटीमा विदेशी नागरिकको जनसंख्या १० हजार भन्दाबढी भएको समयमा, विदेशसँग सम्बन्ध भएका बालबालिकाको संख्यापनि बढिरहेकोछ ।
SenTIA मा सेन्दाई सिटी वा सेन्दाई सिटीको शिक्षा कार्यालय, नागरिक समुह आदिको सहयोगमा विदेशसँग सम्बन्ध भएका बालबालिकाको साथै अभिभावकहरु लाई सहयोग, बिधालय हातामा संयोजन कर्ता पठाउने, सहयोगी तथा समाजका सामान्य नागरिकहरुलाइ लक्षित गरिएको कार्यशाला गोष्ठीहरुको आयोजना गर्नेछौं ।