ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

[सहभागीताको लागी आवेदन खुला] सेप्टेम्बर २१ तारिक (शनि) बिदेशीनागरिक बिपद लिडरका लागी प्रशिक्षण संचालनको जानकारी

के तपाईहरुलाई प्राकृतिक बिपदको बारेमा थाहा छ?「टोलविकास संस्था」र「बिपदको लागी आश्रयस्थल」को बारेमा थाहा छ?
विपद आउनुअघि र विपद आएपछि के गरेमा ठिक हुन्छ?
विपद, प्रकोप रोकथाम बारे बुझौ र आफ्नो परिवार तथा साथीहरूलाई सँग पनि यसको बारेमा भनौं?
प्रकोप रोकथामको बारेमा रुचि राख्ने विदेशी नागरिक, स्थानीय समुदायमा हुने प्रकोप रोकथामको कार्यमा रुचि भएका बिदेशी नागरिकहरु को सहभागिताको प्रतिक्षामा छौं।
◆मिति:२०२४ सेप्टेम्बर २१ तारिक(शनिबार) दिउँसो २ बजेदेखि साढेचार बजे
◆स्थान:सेन्दाई थाबुन्का क्योउसे सेन्टर (सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र) प्रशिक्षण कोठा (सेन्दाई सिटि आओबा कु आओयामा सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवनको पहिलो तल्ला)
◆सर्तहरु:① प्रकोप रोकथाममा रुचि भै, जापानी भाषामा प्रशिक्षण लिन सक्ने बिदेशीनागरिकहरु
②प्रशिक्षण पछि पनि, SenTIA बाट गरिने कार्य गतिविधिहरूमा सहभागी भै सहयोग गर्न सक्ने व्यक्तिहरू
◆ सहभागी संख्या : २० जना
◆ प्रशिक्षण शुल्क : ० येन (निशुल्क)
◆ आवेदन बिधि : गुगल फारम मार्फत आवेदन दिनुहोस
https://forms.gle/iGdBSXnx3xoCc3LJ6 
◆ अन्तिम म्याद : २०२४ सेप्टेम्बर १६ तारिक (सोमबार)