ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

फेब्रुअरी महिनामा विशेषज्ञिय परामर्श कार्यक्रम राख्ने बारेको जानकारी/2月の専門相談会のお知らせ

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र चाँही २०२५ फेब्रुअरी १७ तारिक देखि अर्को स्थानमा (सारिने) सर्नेछ।
https://int.sentia-sendai.jp/blog/n/n-27459/
विशेषज्ञिय परामर्श कार्यक्रम गर्ने स्थान पनि परिवर्तन हुनेछ। त्यसैले, ध्यान पुर्याउनु होला।

● फेब्रुअरी १ तारिक प्रशासनिक लेखनदास द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
भिजा, बसाई अनुमतिको अवस्था र प्रशासनिक प्रक्रियाहरुको बारेमा मियागी प्रान्तको प्रशासनिक संस्थाको प्रशासनिक लेखनदास सँग परामर्श लिन सकिन्छ।
【समय】२०२५ फेब्रुअरी १ तारिक(शनिबार)१:०० बजे देखि ४:०० बजे
【स्थान】 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (हालको ठेगाना)
सेन्दाई सिटि आओबा कु आओबायामा मुबंची सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवन पहिलो तल्ला
Administrative-Scriveners.pdf

● फेब्रुअरी २१ तारिक वकिल द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
पारिवारिक समस्या (सम्बन्धविच्छेद, मुद्दामामिला, उत्तराधिकार आदि) ऋण लिँदा तथा दिँदा आउने समस्या (बिभिन्न ठाउँको ऋण आदि), घर, कोठा भाडामा लिनेदिने, सवारी दुर्घटना, सम्झौतापत्रको मुद्दा आदि कानुनी मामिलाहरूको बारेमा सेन्दाई बारएसोसिएसनको वकिल सँग परामर्श लिन सकिन्छ।
【समय】२०२५ फेब्रुअरी २१ तारिक(शुक्रबार)१:०० बजे देखि ४:०० बजे
【स्थान】 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (नयाँ ठेगाना)
सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-६-१ सेन्दाई पार्क बिल्डिंग १ तल्ला
Lawyers.pdf

● फेब्रुअरी २८ तारिक अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्बन्धि सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) सँग परामर्श लिन सकिन्छ।
【समय】२०२५ फेब्रुअरी २८ तारिक(शुक्रबार)१:०० बजे देखि ४:०० बजे
【स्थान】 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (नयाँ ठेगाना)
सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-६-१ सेन्दाई पार्क बिल्डिंग १ तल्ला
गुगल नक्सा: https://maps.app.goo.gl/2bK7rEXyeQzHuU799
Immigration-Bureau.pdf

※ परामर्शको लागी शुल्क लाग्दैन। परामर्श लिन मिल्ने समय प्रति व्यक्ति ३० मिनेट सम्म हुनेछ।
※ परामर्श गर्न चाहानुहुने व्यक्तिले, निबेदन गर्ने बेलामा तलका निम्नलिखित कुराहरु भर्नुहोस।

– तपाईंको नाम, सम्पर्क ठेगाना (फोन नम्बर, इमेल आइडी)
– तपाईंको राष्ट्रियता (देश)
– तपाईंको बसाई अनुमतिको अवस्था
– तपाईंलाई परामर्श गर्न मन लागेको बिषयको बारेमा (समस्या को बारेमा)
– परामर्श लिन चाहानुहुने भाषा
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?

<< विशेषज्ञिय परामर्श कार्यक्रमको निबेदनको लागि यहाँबाट >>
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
टेलिफोन: ०२२-२२४-१९१९, ०२२-२६५-२४७१ / इमेल: tabunka@sentia-sendai.jp