ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सेन्दाई सिटिबाट सूचना】 सबै बालबालिका नर्सरी स्कूलमा उपस्थित हुन सक्ने प्रणाली(仙台市:こども誰でも通園制度))

सेन्दाई सिटि भित्र 【सबै बालबालिका नर्सरी स्कूलमा उपस्थित हुन सक्ने प्रणाली】 सुरु गरेको छ।
नर्सरी स्कूलहरु मा, २ वर्ष सम्मका बालबालिकालाई पनि पठाउन सक्नुहुन्छ।
अभिभावकहरूले काम नगरेको भएता पनि आफ्ना बच्चालाई नर्सरी स्कुलमा पठाउन सक्नुहुन्छ।

●कस्तो बालबालिकालाई पठाउन सकिन्छ?
१,२,३ नम्बर सबै अन्तरगत पर्ने बालबालिकालाई पठाउन सकिन्छ
1 सेन्दाई सिटि भित्र बसोबास गरिरहेको बालबालिका
2 जन्मिएको ६ महिना देखि २ वर्ष सम्मका बालबालिका
3 नर्सरी स्कूल आदि अन्य ठाउँमा नपठाएको बालबालिका

●कहिले देखि पठाउन सकिन्छ?
२०२४ मे १ तारिक देखि २०२५ मार्च ३१ तारिक

●कति समय सम्म पठाउन सकिन्छ?
एक महिना भरिमा मिलाएर १० घण्टा सम्म

※बालबालिका धेरै भै, पठाउन नमिल्ने अवस्था पनि आउनसक्छ। त्यस्तो अवस्थामा कृपया प्रतीक्षा गर्नुहोला।

●पैसा कति लाग्छ?
बालबालिका १ जानालाई १ घण्टाको ३०० येन
※दिउँसोको खाना आदिको लागी पैसा तिर्नुपर्ने बालबालिका पनि हुन्छन।

●बालबालिका पठाउने स्थान चाँही कहाँ हो?
पम्पलेट वा सेन्दाई सिटिको वेबसाइट हेर्नुहोला
सेन्दाई सिटि वेबसाइट :
https://www.city.sendai.jp/kodomo-kankyosebi/daredemo-shikouteki.html

●आबेदन कसरि गर्न सकिन्छ?
①पम्पलेटमा भएको नर्सरी स्कूल वा बाल हेरचाह केन्द्र बाट आफुलाई पठाउन मन लागेको ठाउँ चयन गर्नुहोस।
②चयन गरेको ठाउँको नर्सरीमा फोन गर्नुहोस
③आवेदन फारममा लेख्नुहोस (कागजात जापानी भाषामा मात्र छ)।

※यदि तपाईंलाई नर्सरीमा फोन गर्नको लागि दोभाषे चाहिन्छ भने, कृपया तलको नम्बरमा कल गर्नुहोस।
दोभाषे सहायता टेलिफोन:०२२-२२४-१९१९

※यदि तपाईलाई जापानी भाषामा कागजातहरू लेख्न कठिनाइ हुन्छ भने, कृपया बहुसांस्कृतिक समाज केन्द्रमा परामर्श गर्नुहोला।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
टेलिफोन: ०२२-२६५-२४७१

● सम्पर्क
बिस्तृत जानकारीको लागि, पम्पलेटमा सूचीबद्ध नर्सरी स्कूल, बाल हेरचाह केन्द्रमा फोन गर्नुहोस।
पम्पलेट