ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

नोभेम्बर महिना देखि「सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र ASSISTA द्वारा दिइने विशेषज्ञीय परामर्श」कार्यक्रम सुरु हुनेछ!(仙台市起業支援センターアシ☆スタによる専門相談会)

उद्योग ब्यबसाय (आफ्नो पसल, कम्पनि सुरु गर्ने) र व्यवस्थापन (व्यापार योजना, पुँजी प्रवाह, ग्राहक बढाउने आदि) को सम्बन्धमा, सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र ASSISTA को कर्मचारी सँग परामर्श लिन सक्नुहुन्छ।

[परामर्श को केही उदाहरण】
・म सेन्दाईमा व्यापार सुरु गर्न चाहन्छु। कस्तो प्रकारको कागजी प्रक्रिया र तयारी गर्नुपर्ने आवश्यकता पर्छ?
・म रेस्टुरेन्ट चलाउँछु, अझै ग्राहकको संख्या बढाउन के गर्नुपर्छ?
・व्यापार, व्यवसाय संचालन गरिरहेको छु तर बिक्री बढाऊन सकिरहेको छैन। त्यसको लागि के गरे हुन्छ?
・व्यापार विस्तार गर्न पैसाको आवश्यक छ। त्यसको लागि के गरे हुन्छ?

बिस्तृत जानकारीको लागि पम्प्लेटमा हेर्नुहोस।