ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

जापानी संस्कृति अनुभव सत्र「तानाबाता सजाउन चाहिने सामग्री बनाउने अनुभब」(SentIA बाट अनुदानित परियोजना)

सेन्दाई अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान क्लबले,「तानाबाता सजाउन चाहिने सामग्री बनाउने」अनुभब कार्यशाला को आयोजना गर्नेछ।
सेन्दाई अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान क्लबमा फरक सांस्कृतिक आदानप्रदान कार्यक्रमको उद्देश्य चाँही, विदेशको संस्कृतिहरुको अनुभव गरि, विभिन्न देशका फरक जातजातिका विदेशी मानिस एकअर्कालाई सम्मान गर्न उद्धेश्य हो।
यस पटक यो एउटा कार्यशाला सेन्दाईको 「तानाबाता सजाउन चाहिने सामग्री बनाउने」सेन्डाईमा अनुभव गर्न सक्नुहुन्छ।
सजावटको लम्बाई ५० सेमी हो र, तपाईंले त्यो बनाएपछि घर लैजान सक्नुहुन्छ।
सेन्दाई तानाबाता फेस्टिवलको अवधि (अगष्ट ६ तारिक देखि ८ तारिक) सम्म, आफ्नो घरमा सजाई यसको आनन्द लिनुहोस।
(कृपया ध्यान दिनुहोस कि त्योदिन सिकाउने मानिस चाँही प्रोफेशनल होइन।)

जो कोहीले पनि सहभागी हुन सक्नुहुन्छ (विदेशी नागरिक, स्कूल जाने उमेरका बच्चाहरूलाई पनि स्वागत छ)।
अवश्य, सहभागी हुनुहोला!

◆मिति र समय:२०२४ अगष्ट ३ तारिक(शनिबार)दिउँसो साढे १ बजे देखि साढे ३ बजे सम्म
◆स्थान : बहुसांस्कृतिक समाज केन्द्रको प्रशिक्षण हल
(आओबा कु आओबायामा मुबाँची सेन्दाई अन्तर्राष्ट्रिय समाज केन्द्रस सम्मेलन भवनको पहिलो तला)
◆सहभागिता शुल्क : १२०० येन
◆ आवश्यक संख्या : १० जना (पहिले आउनेको आधारमा)
◆ आवेदन को लागी : आयोजक अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान क्लब sendai@jcifc.com
◆ अन्तिम म्याद : २०२४ अगष्ट १ तारिक (बिहीबार)