ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटी निश्चित रकमको कर कटौती समायोजन गरि अनुदान रकम भक्तानी दिने सूचना(仙台市からの「定額減税調整給付金」についてのお知らせ)

●यो कस्तो किसिमको अनुदान रकम हो?
खाद्यबस्तु तथा सुबिधाहरुको मूल्यवृद्धिको कारण जनजीवनमा परेको असरलाई कम गर्नको लागी, २०२४ को आयकर रकम र २०२४ आर्थिक बर्षको व्यक्तिगत नगर तथा प्रान्तीय कर घटाउनको लागी 「निश्चित रकमको कर कटौती」 प्रदान गरिनेछ। करको रकम थोरै भएको कारण, 「निश्चित रकमको कर कटौती」 नकाटिएको व्यक्तिहरुको, त्यो काट्न नसकेको बराबर कर रकम अनुदानको रुपमा प्राप्त गर्न सकिन्छ।

●यो अनुदान रकम कसले प्राप्त गर्न सक्छ?
यो अनुदान रकम प्राप्त गर्न सक्ने व्यक्तिहरुलाई चाँही, २०२४ जुलाई १६ तारिक मा, सेन्दाई सिटिबाट कागजपत्र पठाइनेछ। 「भुक्तानीको सूचना」 र 「भुक्तानी पुष्टी फारम」 मध्ये एउटा पठाईएको छ।

●अनुदान रकम कति पाउन सकिन्छ?
सेन्दाई सिटिबाट पठाएको कागजपत्रमा लेखिए अनुसारको रकम प्राप्त गर्न सक्नुहुन्छ।

●कसरि अनुदान रकम प्राप्त गर्न सकिन्छ?

① 「भुक्तानीको सूचना」 पत्र प्राप्त गरेका व्यक्तिहरु
・केहि नगरीकन पनि अनुदान रकम प्राप्त गर्न सक्नुहुन्छ। 
・२०२४ अगष्ट १३ , तारिक मंगलबार, 「भुक्तानीको सूचना」 पत्रमा लेखिएको बैंकखातामा रकम स्थानान्तरण गरिनेछ।
・यदि अनुदान रकम प्राप्त गर्नको लागीको बैंकखाता परिवर्तन गर्न चाहनुहुने व्यक्तिले वा यो अनुदान रकम आफुलाई चाहिएको छैन भन्ने व्यक्तिहरुले चाँही, २०२४ जुलाई ३१ तारिक बुधबार सम्ममा ०१२०-०६५-२२२ मा टेलिफोन गर्नुहोस।

「भुक्तानीको सूचना」 चिट्ठी चाँही, यस्तो प्रकारको गुलाबी रंगको खाममा आउनेछ।

② 「भुक्तानी पुष्टी फारम」 पत्र प्राप्त गरेका व्यक्तिहरु
・प्राप्त गर्नुभएको कागजपत्रहरु (पेश गर्न भनि लेखिएको पन्नामा) मा आवश्यक कुराहरु लेख्नुहोस।
・「भुक्तानी पुष्टी फारम」 सँगै 「आफ्नो पहिचान खुलाउने कागजपत्र」 र बैंक पासबुकको प्रतिलिपि सेन्दाई सिटिमा पठाउनुहोस।
>२०२४ अक्टोबर ३१ तारिक बिहिबार सम्ममा आबेदन दिनुहोस।

「भुक्तानी पुष्टी फारम」 चिट्ठी चाँही, यस्तो प्रकारको बैजनी रंगको खाममा आउनेछ।

●मैले अनुदान रकमको बारेमा कहाँ परामर्श गर्न सक्छु?
तपाईंलाई यो अनुदान रकमको बारेमा केहि प्रश्नहरू सोध्नुपरेको छभने, कृपया तल लेखिएको टेलिफोन नम्बरमा फोन गर्नुहोस।

सेन्दाई सिटि निश्चित रकमको कर कटौती समायोजन सम्बन्धित टेलिफोन
टेलिफोन नम्बर
0120-065-222

रिसेप्शन समय :
कार्यालयको दिन बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म
सेप्टेम्बर १५ तारिक सम्म भने, बिहान ९ बजेदेखि बेलुका ८ बजे सम्म शनिबार, आइतबार र सार्बजनिक बिदाको दिनमा पनि फोन रिसिभ गरिनेछ।

उपलब्ध हुने भाषाहरु:
जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, नेपाली

बिस्तृत जानकारीको लागी सेन्दाई सिटीको होमपेजमा हेर्नुहोस।
सेन्दाई सिटि होमपेज (नेपाली)
https://www.city.sendai.jp/zese-kanri/kurashi/tetsuzuki/zekin/oshirase/tagengo_ne.html