ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【आवेदन खुला】जुलाई 28 जापानिज भाषा बोलीचालीको भाषा नभएका बच्चा र अभिभावकको लागिको शिक्षण क्यारियर मार्गदर्शन परामर्श मियागी(日本語を母語としない子どもと親のための進路ガイダンス宮城2024)

जापानीज भाषा नबुझे पनि, जापानको उच्चशिक्षा आदिको बारेमा परामर्श लिन सकिन्छ।
「जापानको हाइस्कुल भनेको कस्तो हुन्छ ?」 「भर्ना हुन लाई के गर्नु पर्दछ ?」
「कस्तो किसिमको हाइस्कुलहरु हुन्छन ?」「शुल्क कतिजति लाग्छ होला ?」
「उच्च शिक्षा,को लागि कहिलेदेखि तयारी सुरु गर्नुपर्छ ?」
*उच्चमाध्यमीक बिधालयको प्रवेश परीक्षाको लागि, माध्यमीक बिधालयको ७ कक्षा र ८ कक्षाको अध्ययन गर्न महत्त्वपूर्ण हुन्छ!
प्राथमिक विद्यालयका बालबालिका र उनीहरूका अभिभावक पनि सहभागी हुनुहोला। 
* सकेसम्म चाँडो जानकारी सङ्कलन गरौं!

मिति तथा समय:2024 जुलाई 28 तारिक(आईतबार )13:30 ~15:30
स्थान :सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
■ सहभागी हुने तरिका तलाका 2 वटा बाट छनौट गर्नुहोस्
1. सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (कार्यक्रम स्थल)
सहभागीहरू भेला भई, प्रत्यक्ष रुपमा कुराकानी सुन्न सकिन्छ ।
अंग्रेजी,चाइनीज,कोरियन,तागालग,स्पेनीष नेपाली भाषाहरु आदिको दोभाषे सपोर्टको पनि व्यवस्था छ।
2. अनलाइन (Zoom)
कम्युटर वा ट्याब्लेटमा सहभागी गर्नसकिनेछ । ※दोभाषे सहायताको व्यवस्था छैन। व्यक्तिगत परामर्श को ब्यबस्था पनि छैन।
■ सहभागी (अबलोकन)
लक्ष्य:प्राथमिक विद्यालयका विद्यार्थी (माथिल्लो कक्षाका विद्यार्थी) निम्नमाध्यामिक विद्यालयका विद्यार्थी, अभिभावक, अध्ययन सहयोगी ।
सहभागीता शुल्क : निशुल्क हुनेछ ।
दोभाषे : कार्यक्रम स्थलमा दोभाषे सहायताको व्यवस्था छ। माथिको 「सहभागी हुने तरिका」मा हेर्नुहोला ।
बिषय:मियागी प्रान्तको उच्चमाध्यमीक बिधालय प्रबेश परिक्षाको बारेमा, सिनिएरहरु, अभिभावकको अनुभव, निम्नमाध्यमिक र उच्चमाध्यमिक बिधालयका शिक्षक सँग प्रश्न सोध्न सकिने छ, सहभागीहरू बीचको सूचना आदानप्रदान ।
■ आवेदन गर्ने तरिका
सहभागी हुन इच्छुक व्यक्तिहरुले, अग्रिम आवेदन दिनुहोला । ①② कुनैपनि तरिकाबाट आबदेन गर्न सक्नुहुन्छ ।
① अनलाइन(Google Form)बाट आवेदन दिने
URL: https://mia-miyagi.jp/240728cg
② आवेदन फारम भरेर, Email अथवा FAX बाट पठाउने
■ शिक्षण क्यारियर मार्गदर्शन वेबसाइट(『शिक्षण क्यारियर गाइडबुक』प्राप्त गर्ने तरिका)
त्यस दिन सहभागी हुन नसक्नु हुनेहरूले पनि, वेबसाइटबाट हाई स्कूल भर्ना हुने बारेमा थाहा पाउन सक्नुहुन्छ ।
 URL: https://shinro-miyagi.jimdofree.com/
वेबसाइटबाट पनि『शिक्षण क्यारियर गाइडबुक』यसलाई डाउनलोड गर्न सक्नुहुन्छ ।
यदि तपाईले『शिक्षण क्यारियर गाइडबुक』हुलाकबाट पठाईदिए हुनेथियो भन्ने चाहनुहुन्छ भने, तलको सम्पर्क ठेगानमा सम्पर्क गर्नुहोस ।


फ्लायर (PDF)
अनुप्रयोग(PDF)

■ सम्पर्क स्थान, आबेदन गर्ने ठेगान
MIA ( मियागी प्रान्त अन्तर्राष्ट्रिय एसोसिएसन )
फोन:(022) 275-3796 FAX:(022) 272-5063
Email:mail*mia-miyagi.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

SenTIA ( सेन्दाई पर्यटकीय अन्तर्राष्ट्रिय एसोसिएसन )
फोन:(022) 268-6260 FAX:(022) 268-6252
Email: kokusaika*sentia-sendai.jp 
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )