ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागी हुन भर्ना खुला छ】सेन्टिया अनलाइन जापानिज भाषा २०२४ मे २८ तारिक (मंगल) देखि जुलाई ३० तारिक (मंगल) सम्म (SenTIAオンラインにほんご)

सेन्टिया अनलाइन जापानिज भाषा
जापानी भाषा पहिलोपटक अध्ययन गर्ने व्यक्तिहरुका लागी, सामान्यत सजिलो कुराकानी गर्न सक्षम भईनेछ
आधारभूत रुपका जापानी भाषा अध्ययन गर्दै, सेन्दाईमा दैनिक जीवनयापन गर्नको लागिको आवश्यक ज्ञान सिक्नेछौ।
पढाई जापानी भाषामा मात्र सञ्चालन गरिनेछ। (प्रशासनिक सहयोगको लागि अंग्रेजी भाषामा पनि प्रदान गरिनेछ।)

■समय : २०२४ मे २८ तारिक (मंगल) देखि जुलाई ३० तारिक (मंगल) सम्म
प्रत्येक हप्ताको मंगलबार बिहान १० बजे देखि १२ बजे सम्म
■संख्या : सबै गरेर जम्मा १० पटकको कक्षा
■तरिका :
•पहिलोपटक र १० औं पटकको अध्ययनको लागी चाँही सेन्दाई बहुसांस्कृतिक समाज
केन्द्रमा (※) मा जम्मा हुनुपर्नेछ।
•दोस्रोपटक देखि ९ औं पटक भने अनलाइन (जुम) बाट कक्षा संचालन गरिनेछ।
※ठेगाना: सेन्दाई सिटि आओबा कु आओबायामा सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवनको पहिलो तल्लामा अवस्थित, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
Google Maps: https://goo.gl/maps/tbJRqxsTucwMjgDL6
■लक्षित :
•जापानिज भाषा पहिलोपटक अध्ययन गर्ने व्यक्ति, फेरि एकपटक जापानिज भाषा सुरुबाट अध्ययन गर्न चाहाने व्यक्ति
*यस कक्षामा क्रियापद को प्रयोग आदिको बारेमा अध्ययन गरिनेछैन।
•१६ वर्ष भन्दा माथिका व्यक्तिहरू
•सैदान्तिक रुपमा, १० औं पटक सम्मको सबै भागमा सहभागी हुन सक्ने व्यक्तिहरू
※कारणबश सबै भागमा सहभागी हुन नसक्ने व्यक्तिहरूले
SenTIA मा परामर्श गर्नुहोस।
■पाठ्यपुस्तक : मौलिक परिचयात्मक (न्यूनमोन तेकिस्तो) पाठ्यपुस्तक आदि प्रयोग गरिनेछ।
■सामग्री : बिस्तृत सामग्रीको लागि पम्पलेट हेर्नुहोला ।
■सहभागिता शुल्क : निशुल्क (0 येन)
■आबेदन : https://forms.gle/UHDUXq3XqKgjGpWV7
※अन्तिम म्याद चाँही, मे २६ तारिक (आइतबार) हो। कृपया, त्यतिबेला सम्ममा आवेदन दिनुहोला।