अप्रिल महिनाको विशेषज्ञिय परामर्श कार्यक्रमको जानकारी/4月の専門相談会のお知らせ
● अप्रिल ६ तारिक प्रशासनिक लेखनदास द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
भिजा, बसाई अनुमतिको अवस्था (जाइरियो सिकाकु) प्रशासनिक प्रक्रियाहरुको बारेमा मियागी प्रान्तको प्रशासनिक संघको लेखनदास सँग परामर्श गर्न सकिन्छ।
【समय】२०२४ अप्रिल ६ तारिक(शनिबार)१:०० बजेदेखि ४:०० बजे
Administrative-Scriveners.pdf
● अप्रिल १२ तारिक वकिल द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
पारिवारिक समस्या (सम्बन्धविच्छेद, मुद्दा मामिला, उत्तराधिकार आदि),ऋण लिँदा तथा दिँदा आउने समस्या (बिभिन्न ठाउँको ऋण आदि) घर, कोठा भाडामा लिनेदिने, सवारी दुर्घटना र सम्झौतापत्रको मुद्दा आदि कानुनी मामिलाहरूको बारेमा सेन्दाई बार एसोसिएसनको वकिल सँग परामर्श गर्न सकिन्छ।
【समय】२०२४ अप्रिल १२ तारिक(शुक्रबार)१:०० बजेदेखि ४:०० बजेसम्म
Lawyers.pdf
● अप्रिल २६ तारिक अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्बन्धि सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) सँग परामर्श लिन सकिन्छ।
【समय】२०२४ अप्रिल २६ तारिक(शुक्रबार)१:०० बजेदेखि ४:०० बजेसम्म
Immigration-Bureau.pdf
※परामर्शको लागी शुल्क लाग्दैन। परामर्श गर्न मिल्ने समय प्रति व्यक्ति ३० मिनेट सम्मको हुनेछ।
※परामर्श गर्न चाहनुहुने व्यक्तिले, निबेदन गर्ने बेलामा तलका निम्नलिखित कुराहरु भर्नुहोस।
– तपाईंको नाम, सम्पर्क ठेगाना (टेलिफोन नम्बर, इमेल आइडी)
– तपाईंको राष्ट्रियता (देश)
– तपाईंको बसाई अनुमतिको अवस्था (जाइरियो सिकाकु)
– तपाईंलाई परामर्श गर्न मन लागेको बिषयको बारेमा (समस्या को बारेमा)
– परामर्श लिन चाहानुहुने भाषा
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?
<< विशेषज्ञिय परामर्श कार्यक्रमको निबेदनको लागि यहाँबाट>>
TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र / सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवन को पहिलो तला
टेलिफोन:०२२-२२४-१९१९, ०२२-२६५-२४७१/इमेल:tabunka@sentia-sendai.jp