ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

डिसेम्बर महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम राख्ने बारेको जानकारी/12月の専門相談会のお知らせ

● डिसेम्बर २ तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञिय परामर्श कार्यक्रम गर्छौं।
भिजा, बसाई अनुमतिको अवस्था र प्रशासनिक प्रक्रियाहरूको बारेमा मियागी प्रान्तको प्रशासनिक संस्थाको प्रशासनिक लेखनदास सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ डिसेम्बर २ तारिक(शनिबार)१:०० बजे देखि ४:०० बजे
Administrative-Scriveners.pdf

● डिसेम्बर ८ तारिक वकिल द्वारा विशेषज्ञिय परामर्श कार्यक्रम गर्छौं।
पारिवारिक समस्या (सम्बन्धविच्छेद, मुद्दामामिला, उत्तराधिकार आदि) ऋण लिँदा तथा दिँदा आउने समस्या (बिभिन्न ठाउँको ऋण आदि), घर,कोठा भाडामा लिनेदिने, सवारी दुर्घटना, सम्झौतापत्रको मुद्दा आदि कानुनी मामिलाहरूको बारेमा सेन्दाई बारएसोसिएसनको वकिल सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ डिसेम्बर ८ तारिक(शुक्रबार)१:०० बजे देखि ४:०० बजे
Lawyers.pdf

● डिसेम्बर १३ तारिक कर लेखनदास द्वारा शेषज्ञिय परामर्श कार्यक्रम गर्छौं।
जापानको करको बारेमा तोहोकु कर लेखनदास संघको पधाधिकारी सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ डिसेम्बर १३ तारिक(बुधबार)१:०० बजे देखि ४:०० बजे
Tax-Accountants.pdf

● डिसेम्बर २२ तारिक अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) द्वारा विशेषज्ञिय परामर्श कार्यक्रम गर्छौं।
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्बन्धि सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ डिसेम्बर २२ तारिक(शुक्रबार)१:०० बजे देखि ४:०० बजे
Immigration-Bureau.pdf

※परामर्शको लागी शुल्क लाग्दैन। परामर्श लिन सक्ने समय प्रति व्यक्ति ३० मिनेट सम्म हुनेछ।
※परामर्श गर्न चाहानुहुने व्यक्तिले, निबेदन गर्ने बेलामा निम्नलिखित कुराहरु भर्नुहोस।

– तपाईंको नाम, सम्पर्क ठेगाना (फोन नम्बर, इमेल आइडी)
– तपाईंको राष्ट्रियता (देश)
– तपाईंको बसाई अनुमतिको अवस्था
– तपाईंलाई परामर्श गर्न मन लागेको बिषयको बारेमा (समस्या को बारेमा)
– परामर्श लिन चाहानुहुने भाषा
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?

<< विशेषज्ञिय परामर्श कार्यक्रमको निबेदनको लागि यहाँ सम्पर्क गर्नुहोस>>
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र / सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवनको पहिलो तल्ला
टेलिफोन: ०२२-२२४-१९१९, ०२२-२६५-२४७१ / इमेल: tabunka@sentia-sendai.jp