ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【पुन:सुरुवात】पुराना किताब・म्यागजिन・पत्रिकाहरु, दिने कार्य गर्नेछौं (【再開します】古い本・雑誌・新聞を、ゆずります)

नयाँ कोरोनाभाइरस फैलावट रोकथामको लागि रोकिएको, पुराना किताबहरु दिने कार्य「GiveAway」को पुन:सुरुवात गर्नेछौं । पुन:सुरुवात गरिए पछि, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र खुल्ने समय भित्रमा कुनैपनि बेला तपाइले यसको उपयोग गर्न सक्नुहुनेछ ।
संचालन स्थलमा अल्कोहल सेनिटाइजर राखिनेछ । हेर्ने व्यक्तिहरु धेरै भएको समयमा पर्खनुपर्ने अवस्था पनि हुन सक्ने हुनाले । यस्तो अवस्थामा हजुरहरुको सहयोगको अपेक्षा गर्दछौं ।

पुन:सुरुवात हुने दिन: अक्टोबर 1 तारिक (शुक्र) बाट
संचालन स्थल: सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र भित्रको लबी
समय : हरेक दिनको बिहान 9 बजे~बेलुका 5 बजे (बन्दको दिन बाहेक)
ध्यान दिने कुराहरु:※ झोला उपलब्ध नभएकोले, आफैले लिएर आउनुहोला ।
※ ब्यवसायीक उद्देश्यको लागि उपयोग गर्न पाइने छैन । बिक्रि गर्न निषेधित छ ।