Language Menu

प्रशिक्षण हल र कार्यशाला

अन्तर्राष्ट्रिय जानकारी आदानप्रदान, अन्तर्राष्ट्रिय सहयोग, बहुसांस्कृतिक समाज केन्द्र सँग सम्वन्धित गतिविधि कार्य गरिरहेका संघसंस्था वा समुहलाई प्रयोग गर्न दिईनेछ । प्रयोग गर्ने बेलामा चाँही प्रयोग गर्ने समूहले दर्ता (निशुल्क) गर्नुपर्ने आवश्यकता पर्दछ । तलका सबै सर्तहरु पुरा गरेका संघसंस्था वा समूहले दर्ताप्रक्रिया गर्नको लागि सम्भब हुनेछ ।

दर्ता गर्नको लागिको सर्त

  1. सेन्दाई सिटि भित्रमा निरन्तर सक्रिय रुपमा गतिविधि कार्य गर्दै आईरहेका हुनुपर्ने ।
  2. अन्तर्राष्ट्रिय जानकारी आदानप्रदान, सहयोग, बहुसांस्कृतिक समाज केन्द्र सँग सम्वन्धित गतिविधि कार्य गर्दै आईरहेका हुनुपर्ने ।
  3. बढीमा एउटा समुहमा 5 जना भन्दा धेरै व्यक्तिहरु भएको हुनुपर्ने ।
  4. संघसंस्था वा समुहको आशय, इच्छा व्यक्त गर्नसक्ने प्रतिनिधि व्यक्ति, साथै त्यो इच्छा कार्यन्वयन गर्नसक्ने संस्था स्थापना गरेको हुनुपर्ने ।
  5. व्यावसायिक, राजनीतिक साथै धार्मिक गतिविधिहरूमा संलग्न कार्य गर्नमिल्ने छैन ।
  6. सदश्यता शुल्क आदि जस्ता स्वैच्छिक आर्थिक वित्तीय स्रोतहरू द्वारा संचालित गरीएको हुनुपर्ने ।

दर्ता गर्दाको प्रक्रिया

  1. निर्धारित गरिएको「संघसंस्थाको परिचय पत्र」फारममा भर्नुहोस र पेश गर्नुहोस ।
  2. पेश गर्नुपर्ने कागजपत्र र अन्तर्वार्ता
    • ア)पेश गर्नपर्ने कागजपत्रहरु
      ・「संगसंस्थाको परिचय पत्र」
      ・नीतिनियम वा समाचारपत्र आदि संघसंस्था वा समुहको जानकारी बुझेसकिने सामग्री पम्प्लेट
      ※आवश्यकता भएमा यसबाहेक अन्य कागजपत्र छुट्टैपेश गर्नुपर्ने अवस्था पनि पर्नसक्छ ।
    • イ)अन्तर्वार्ता गर्ने कार्य गरिनेछ
      ・संघसंस्था वा समुह आदिको सारांशको बारेमा सोध्ने बुझ्ने कार्य गरिनेछ ।
  3. 1. र 2. अनुसार दर्ताको सम्भावनालाई विचार गरेपछि नतिजाको जानकारी दिनेछौं ।
  4. दर्ता अवधि चाँही आर्थिक वर्षको अन्त्य सम्म एक वर्षको लागि हुनेछ । यदि तपाईं अर्को आर्थिक वर्षमा पनि दर्ता जारी राख्न चाहनुहुन्छ भने, तपाईंले नवीकरण प्रक्रिया पूरा गर्न आवश्यक हुनेछ ।

※एकपटक दर्ता स्वीकृत भएपछि पनि, असत्यता बिबरण आदि, दर्ता भएको संघसंस्थाका लागि उपयुक्त नहुने झुटा तथ्य भएको फेलापरेको अवस्थामा, दर्ता रद्द गर्न सकिनेछ ।

दर्ता भएका संघसंस्थाहरूको जानकारीको बारेमा

  1. दर्ताको समयमा पेश गरिएको संघसंस्था वा समूहको गतिविधि सँग सम्बन्धित जानकारीको बारेमा, स्थानीय नागरिकहरूको जिज्ञासाको जवाफ दिँदा, साथै होमपेज र जनसम्पर्क पत्रिका आदि माध्यम मार्फतको संघसंस्था वा समूहको परिचय दिन प्रयोग गरिनेछ ।
  2. नाम र सम्पर्क ठेगाना आदि व्यक्तिगत जानकारीसँग सम्बन्धित भागको बारेमा चाँही दर्ता गरिएको संघसंस्थाको सहमतिमा मात्र प्रकाशित गर्नेछौ ।

प्रशिक्षण कक्ष(A)

प्रशिक्षण कोठा भान्छा

कार्यशाला
होमपेज अघिल्लो भागमा