Language Menu

परामर्श・जानकारी काउन्टर

विदेशी नागरिकको बसोबास गर्न उपयोगी जानकारीहरु बिभिन्न भाषामा प्रदान गर्दै आएका छौं ।

हामि विदेशी नागरिकको जीवनयापन सम्बन्धि परामर्श तथा बहुसांस्कृतिक समाजको विकाससँग सम्बन्धित परामर्शहरु गर्ने गर्दछौं ।

जापान टुरिजम बोर्ड(JNTO)( http://www.jnto.go.jp/jpn/), को “भिजिट जापान इन्फर्मेसन सेन्टर” को रुपमा सेन्दाईसिटि लगायत अन्य उपनगरहरु लाई मुख्य रुपमा लक्षित गरेर पर्यटन सम्बन्धि जानकारीहरु पनि प्रदान गर्ने कार्य गर्दै आएका छौं

फोन नम्बर: 022-224-1919, 022-265-2471

प्रत्येक दिन 9:00 a.m. ~ 5:00 p.m. (महिनाको 1~2 जति बिदाको दिन बाहेक )

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र को जानकारीहरु (बहुभाषामा)[1307KB:PDF]

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र[1679KB:PDF]


विदेशी भाषामा दिइने परामर्श

विदेशी भाषामा परामर्श दिने कार्य गर्ने गर्दछौं ।

भाषाहरु:जापानीज, अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामी, नेपाली, तागालोग, थाई, पोर्चुगली, स्पेनिस, रसियन, इन्डोनेसियन, इटालियन, फ्रेन्च, जर्मनी, मलेसियन, खमेर, बर्मेली, मंगोलियन, सिंहला, हिन्दी, बंगाली, युक्रेनी भाषाहरु

※ चिनियाँ, कोरिया, भियतनामी, नेपाली भाषाहरु तथा विदेशी भाषा परामर्शकर्मिको सुबिधा चाहिँ हप्ताको एक, दुई पटक, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा उपलब्ध छ । बृस्तितमा बुझ्नको लागी हामीलाई सम्पर्क गर्नु होला ।

※ दोभाषे सहयोगी टेलीफोन (त्रिपक्षिय सम्बाद) को उपयोग गरेर कुरा गर्नुपर्ने बेलापनि हुन सक्दछ ।

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र[551KB:PDF]

बिभिन्न विशेषज्ञिय परामर्शको बैठक कार्य पनि संचालन गर्दै आएका छौँ ।

भिसा स्टाटस , कानुनि सल्लाह , रोजगारीको कारणले परेको समस्या, प्रसाशनीक प्रक्रिया, कर सम्बन्धि कुरा आदिको बारेमा परामर्श गर्न सक्नुहुनेछ । परामर्श दिइने मिति वा आवेदन दिने तरिकाको बारेमा बृस्तित रुपमा यहाँबाट बुझ्नु होला ।

सहकार्यीय संस्था :सेन्दाई अध्यागमन विभाग, सेन्दाई बार एसोसिएसन, मियागी प्रशासकीय लेखनदास एसोसिएसन, मियागी श्रमिक ब्यूरो, तोउहोकु कर एकाउन्टेन्ट एसोसिएसन

दोभाषे सहयोगी टेलीफोन

जापानमा बसोबास गर्ने विदेशी नागरिक या विदेशी पर्यटक तथा छोटो अवधिका लागि बस्ने व्यक्तिहरूलाई जानकारी प्रदान गर्ने, त्यसैगरी वडाकार्यालय आदि स्थानमा जापानिज भाषामा बिभिन्न प्रक्रिया गर्नुपर्दा कठिनाई आदि भएमा, कर्मचारी वा
स्वयंसेवकले त्रियो फोन (तिनपक्ष बीचमा कुरागर्ने फोन)को प्रयोग गरेर कुराकानीमा सहयोग गर्दछौं ।

भाषाहरु:अंग्रेजी, चिनियाँ, कोरियन, पोर्चुगली, स्पेनिस, थाई, रसियन, भियतनामी, इन्डोनेसियन, तागालोग, नेपाली, इटालियन, फ्रेन्च, जर्मनी, मलेसियन, खमेर, बर्मेली, मंगोलियन, सिंहला, हिन्दी, बंगाली, युक्रेनी भाषाहरु

फोन नम्बर :022-224-1919

प्रत्येक दिन 9:00 a.m. ~ 5:00 p.m. (महिनामा 1~2 जतिको बिदाको दिन बाहेक)


स्वयंसेवक समुह विदेशी नागरिकको सहयोगी संस्था OASIS( http://samidare.jp/oasis/)

  • सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाट दिइने परामर्श

    मंगलबार, शुक्रबार: 1:00 p.m. ~ 4:00 p.m.

  • सँगै साथमा जाने स्वयंसेवक

    यो, जापानीज भाषामा कुराकानी गर्न समस्या भएका तथा जापानको जिवनयापनको बारेमा थाहा नभएका व्यक्तिहरुको लागि, विदेशी नागरिकको सहयोगी संस्था OASIS का सदस्यहरु बिभिन्न कार्यालयहरुमा तपाईहरुसँगै साथमा गएर आवश्यक प्रक्रियाहरु पुरा गर्न सहायता गर्ने सेवा हो ।

होमपेज अघिल्लो भागमा