पुस्तक फिर्ता गर्नेगरि लाने सुविधा

पुस्तक कर्नरमा, जापानीज भाषा सिक्नको लागिको पाठ्यपुस्तकहरू, बहुसांस्कृतिक समाज बारेको बिषयसँग सम्बन्धित पाठ्यपुस्तकहरू समाबेश गरेर राखिएको छ ।
तपाईले स्वतन्त्र रुपमा पढ्न वा उपयोग गर्न पाउनुहुने छ तर, फिर्ता गर्नेगरि भाडामा लानको लागिभने「प्रयोगकर्ता कार्ड」को आवश्यकता पर्दछ । (निःशुल्क)

सूचना, पुस्तकपुस्तिका, पत्रपत्रिका, म्यागजिन जस्ता बस्तुहरु यहाँबाट भाडामा लैजान पाइने सुविधा अबदेखि भने समाप्त भएको छ
सधै, यस सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा आइदिनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद। 
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र अर्को स्थानमा सर्ने भएको कारणले, हामीले पुस्तकपुस्तिका, पत्रपत्रिका र म्यागजिन जस्ता बस्तु यहाँबाट लिएर जान पाइने सुबिधा र यहाँ आई अवलोकन गर्न सकिने सबै सुबिधाको अन्त्य गर्ने निर्णय गरिएको छ।
किताब भाडामा लान मिल्ने अन्तिम मिति: २०२४ डिसेम्बर २७ तारिक (शुक्र)
यसबाट हाम्रो प्रयोगकर्ताहरूलाई पर्न गएको कुनै पनि असुविधाको लागि हामी क्षमाप्रार्थी छौं,
र आशा छ तपाईंहरुले हाम्रो बाध्यतालाई बुझिदिन हुनेछ।

「प्रयोगकर्ता कार्ड」बनाउनको लागि चाँही

  • सेन्दाई सिटि भित्र बसोबास गर्नुहुने व्यक्ति, सेन्दाई सिटि भित्र रोजगारिको लागि जानेआउने गर्नुहुने व्यक्ति, स्कूल जानेआउने गर्नुहुने व्यक्ति, साथै सेन्दाई सिटीको नजिकैको सिटि वा शहरमा बसोबास गर्नुहुने व्यक्ति ले「प्रयोगकर्ता कार्ड」बनाउन सक्नुहुने छ ।
  • कार्ड बनाउने बेलामा चाँही, ठेगाना पुष्टीगर्न सकिने परिचयपत्र (निवास कार्ड, स्वास्थ्य बीमा कार्ड, ड्राइभर लाइसेन्स, विधार्थी आईडी कार्ड, आदि) ल्याउनुहोला ।
  • प्रयोगकर्ता कार्ड चाँही, दर्ता भएको मितिदेखि २ वर्षसम्म प्रयोग गर्न सकिनेछ ।

फिर्ता गर्नेगरि भाडामा लाने

  • पुस्तक र म्यागजिन गरि एक व्यक्तिले तिनवटा पुस्तक 2 हप्ताको लागि भाडामा लान सक्नुहुन्छ ।
    यधपी, भाषा अध्ययन गर्नको लागिको पुस्तक भने दुईवटा मात्र लान सक्नुहुन्छ ।

फिर्ता गर्ने

  • भाडामा ल्याउनु भएको पुस्तक आदि भने, फिर्तागर्नु पर्ने म्याद भित्र काउन्टरमा फिर्ता गर्नुहोला ।
  • हुलाक वा कुरियर बाट पनि पठाउन सकिन्छ तर, पठाउँदा लाग्ने शुल्क आफैले भुक्तान गर्नुहोला ।
  • यदि फिर्ता गर्ने मिति सकिएपछि पनि फिर्ता नगरिएको पुस्तकहरु छनभने, अन्य पुस्तक आदि भाडामा लिन सकिनेछैन ।
  • भाडामा ल्याउनु भएको पुस्तक हराउनुभएमा, दाग लगाउनु भएमा, च्यातनु भएमा, अर्को नयाँ पुस्तक किनेर ल्याईदिनुपर्ने जस्ता प्रक्रिया गर्नुपर्ने आवश्यकता पनि हुनसक्छ ।

यदि, यसलाई निरन्तरता दिई एउटै किताब फेरी पढ्न चाहनुहुन्छ भने

  • यदि यो पुस्तक अर्को व्यक्तिले बुकिङ गरेको छैनभने, फेरी तपाईले लैजान सक्नुहुन्छ ।
    भाडामा ल्याउनु भएको पुस्तक फिर्ता गर्नुपर्ने म्याद भित्रमा काउन्टरमा लिएर आउनुहोला ।

प्रिन्ट

  • प्रिन्ट गर्नुपरेमा त्यसको सुबिधा भने छैन ।

सामुहिकरुपमा फिर्ता गर्नेगरि भाडामा लाने

  • • सेन्दाई सिटि भित्र अतिरिक्त गतिविधि गर्नुहुने समूहलाई भने, एक महिनाको लागि 20 वटा पुस्तकहरू भाडामादिन सकिन्छ ।
    बिस्तृत विवरणहरूको लागि, कृपया कर्मचारीलाई सम्पर्क गर्नुहोस ।

यस बाहेक अन्य

  • भण्डारण अवधि समाप्त भएको पुस्तक सामग्री वा म्यागजिन, पत्रपत्रिका आदि चाँही हामी तपाईहरुलाई प्रदान गर्नेछौ ।
    बिस्तृत विवरणहरूको लागि, कृपया यहाँ हेर्नुहोला ।
होमपेज अघिल्लो भागमा