Language Menu

बालबालिका खेल्ने कोठा

आफ्नो बालबच्चालाई आफुसँगै लिएर, बालबालिका खेल्ने कोठामा खेलाउन आउनुहुन्न कि ?
ठूलो सिसाको झ्यालबाट भित्र छिर्ने चम्किलो सूर्यको किरणको आनन्द लिदैं, गुलाबी रंगको कार्पेटमा आनन्द सँग आराम गर्ने ठाउँ छ ।
ब्लक, चिप्लेटी खेल्ने ठाउँ, टायरको प्लेसेट इत्यादी खल्ने सामग्री, बालबालिकाकाको लागिको चित्र पुस्तक, भिडियो र डीभिडीहरू पनि उपलब्ध छन ।
टेबल पनि भएको हुँदा, आफुले लन्च बक्स पनि साथै लिएर आएमा, त्यहाँ बसी खाना खान पनि सक्नुहुन्छ ।
आफ्ना बालबच्चालाई खेल्न राखेर जापानी भाषाको अध्ययन गर्ने विदेशीनागरिक आमाहरू वा साथीभाइ र परिवारसँग भेटघाट गरि सँगै खेल्ने परिवारहरू पनि आउनुहुन्छ ।

बालबच्चाले प्रयोग गर्न मिल्ने सानो शौचालय र हातधुने ठाउँ पनि भएको हुनाले, धेरै सुविधाजनक पनि छ ।

अनुरोध

सुरक्षाको कारणले, बालबालिका मात्र एक्लै आई प्रयोग गर्न मिल्नेछैन । कृपया अभिभावक पानी सँगै आई प्रयोग गरि दिनुहोला ।

प्रयोग गर्नको लागिको प्रक्रिया

  1. बालबालिका खेल्ने कोठा प्रयोग गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई काउन्टरमा जानकारी गराउनुहोस ।
  2. कृपया प्रवेश गर्नु अघि आफ्नो जुत्ता फुकालेर मात्र प्रबेश गर्नुहोला ।
  3. बालबालिका खेल्ने कोठाको प्रयोग गरि सक्नुभए पछि, प्रयोग गर्नुभएको खेलौना, भिडीयो, चित्र पुस्तक आदि पहिलेकै ठाउँमा थन्क्याएर काउन्टरमा जानकारी दिनुहोला ।
होमपेज अघिल्लो भागमा