Language Menu

दोभाषे सहायता फोन

ट्रीपलफोन भनिने 3 ठाउँबाट एकैसाथ गर्न सकिने फोनको प्रयोग गरि, सेन्दाईको दैनिक जीवनयापनको जानकारी प्रदान साथै दोभाषेको माध्यमबाट कुराकानी गर्न मद्दत गर्दछौं।
तलका फोननम्बरहरुमा फोन गरेमा, कर्मचारी बीचमा बसी अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपाली, तागालोग, थाई, पोर्चुगली, स्पेन, रसियन, इन्डोनेसियन, इटाली, फ्रान्स, जर्मनी, मलेसियन, खमेर, म्यानमार, मंगोलियन, सिंहली,हिन्दी, बंगाली, युक्रेनी भाषाहरुमा दोभाषे सहायता प्रदान गर्दछौ ।

*चिकित्सा सेवा सम्बधित दोभाषे सहायता चाहिं होइन, डाक्टर सँगको परामर्शको दोभाषे सहायता चाहिं प्रदान गरिनेछैन।

*दोभाषे सहायता गर्ने व्यक्तिको परिस्थिति अनुसार पर्खनु पर्नेपनि हुनसक्छ।

दोभाषे सहायता फोन 022-224-1919

प्रत्येक दिन बिहान 9:00 ~ बेलुका 5:00(महिनाको1~2 दिन बन्दको दिन बाहेक)

सेवा शुल्क

नि:शुल्क (टेलिफोन शुल्क लाग्नेछ)

उपयोग गर्नको लागिको उदाहरण

  • फार्मेसी बाट औषधि किन्नपरेको छ भाषा बुझ्न सक्दिन, क्लर्कलाई लक्षण भनिदिनु हुन्छकि ।
  • व्यायामशालाको काउन्टरमा आएकोछु। प्रयोग गर्ने तरिका थाहा नभएको हुनाले दोभाषेको सहायता चाहान्छु ।
  • पुलिस स्टेशनमा बिदेशी नागरिक आएको छन तर, के भएर आएको हुन थाहाछैन ।
  • कुरियर अनुपस्थिति सूचना प्राप्त गरें। चालक लाई सम्पर्क गर्न चाहन्छु, तर म जापानीज भाषा बोल्न सक्दिन ।
  • ठुलो आकारको फोहोर फाल्न बुकिंग गर्न चाहन्छु ।
होमपेज अघिल्लो भागमा