Language Menu

जानकारी आदानप्रदान बोर्ड

भाषा सिक्नको लागिको पाटनर, साथी, स्वयंसेवकको लागि आबेदन वा सूचना टास्नको लागिको बुलेटिन बोर्ड हो । बुलेटिन म्याद चाँही पोस्ट गरेको मिति देखि एक महिना मात्र हो ।

बोर्डमा टास्नको लागिको प्रक्रिया

  1. निर्धारित बोर्डमा टास्ने कागजमा आफ्नो सन्देश लेख्नुहोस ।
  2. लेखिसकेपछि भने बोर्डमा टास्ने कागज काउन्टर कर्मचारीलाई देखाउनुहोस । कर्मचारीले लेखेको सामग्री पुष्टी गरेर, बुलेटिन कागजमा रिसेप्शन स्ट्याम्प हान्नेछन ।
  3. कर्मचारीले रिसेप्सन मा एकपटक हेरेपछि बोर्डमा टास्ने कागज आफुले लिएर, बोर्डमा पोस्ट गर्नुहोस ।/li>
  4. टासेको मितिबाट एक महिना बितिसकेपछि कर्मचारीले बुलेटिन बोर्डबाट हटाउनेछन ।

बोर्डमा टास्न नमिल्ने कुरा

  1. अपार्टमेन्ट वा आवासीय घर आदि भाडामा लिने सम्बन्धित कुराहरू
  2. मालसमान वा नगदभौचर आदि को खरीद बिक्री सम्बन्धित कुरा ।
    यधपी, कोठा सर्नुपर्ने जस्ता आदि कार्यले उत्पन्न हुने व्यक्तिगत आवश्यकता पर्ने सरसामान किन्न र बेच्ने बारेको जानकारी पोस्ट गर्न सक्नुहुन्छ ।
  3. व्यक्तिगत वा समुहहरु द्वारा संचालित गतिविधिहरु मा पैसा लिनेदिने कार्य (भाषा सिक्ने आदि बिभिन्न किसिमका सिक्ने कार्य वा अन्य गतिविधि गर्ने विचार भएका कार्यबिधि, ब्यबसाय)
  4. जागीरको प्रस्ताब वा जागिर खोज्ने कार्य सँग सम्बंधित कुरा ।
  5. धार्मिक गतिविधि, राजनीतिक गतिविधि सँग सम्बंधित कुरा ।
  6. यस बाहेक अन्य, हाम्रो सँस्था ले अनुपयुक्त ठहर गरेका काम कार्य ।

सैदान्तिक रुपमा, पैसा आदानप्रदान सँग सम्बंधित सामग्री बुलेटिन बोर्डमा पोष्ट गर्न मिल्दैन तर, कोठा सर्नुपर्ने जस्ता कार्यले उत्पन्न हुने व्यक्तिगत जीवनको लागि दैनिक आवश्यकता पर्ने समान किन्ने र बेच्ने बारे जानकारी बुलेटिन बोर्डमा पोस्ट गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा भने, जानकारी पोस्ट गर्न चाहनुहुने व्यक्तिले, बुलेटिन बोर्डमा पोष्ट गर्ने सूचना वा सामग्री तयार गरि सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र सम्म लिएर आउनुहोस । कर्मचारीले सामग्रीमा कुनै त्रुटी छछैन भनी पुष्टि गरेपछि, रिसेप्शन स्ट्याम्प लगाउने छन, त्यसपछि तपाईले यसलाई बुलेटिन बोर्डमा पोस्ट गर्नुहोला ।

ध्यान दिनु होसकि, बुलेटिन बोर्डमा पोष्ट गरिएको जानकारी, हाम्रो सँस्थाले समर्थन, मध्यस्थता, साथै सिफारिस गरेको भने होइन । बुलेटिन बोर्डमा प्रयोग गरिने, सूचना वा जानकारी प्रकाशित गर्ने व्यक्ति र यसलाई हेर्ने व्यक्तिको आफ्नै जिम्मेवारीबहन गरि गर्ने कार्य हो ।

हाम्रो सँस्थाले, बुलेटिन बोर्ड प्रयोग गर्ने व्यक्ति बीच उत्पन्न हुने समस्यामा संलग्न हुने छैनौ । बुलेटिन बोर्डको प्रयोग जोकुनै व्यक्तिले वा धेरै संख्याको मानिसहरूले हेर्ने हुनाले, बिशेषगरि तपाईको व्यक्तिगत जानकारी, सम्पर्क ठेगाना लेख्दा, अवलोकन गर्दा सावधानी अपनाउन सुझाव दिन्छौं ।

掲示板
掲示用紙

बायाँ पट्टीको फोटो:बुलेटिन बोर्ड,दायाँ पट्टीको फोटो : बुलेटिन बोर्डमा प्रयोग गर्ने कागज

होमपेज अघिल्लो भागमा