Language Menu

विदेशी नागरिकका लागिको विशेषज्ञिय परामर्श


सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रले विदेशी नागरिक हरुको लागिको “विशेषज्ञिय परामर्श” कार्यक्रम संचालन गर्दै आएको छ ।
यो विशेषज्ञिय संस्थाहरु द्वारा दीइने निःशुल्क परामर्श हो ।
सेन्दाईमा बसोबास गर्दा कुनै समस्यामा पर्नु भएमा, अवस्य पनि यो कार्यक्रमको उपभोग गर्नुहोला ।

यसको लागि पैसा लाग्दैन ।
हामि तपाइको गोप्यता सुरक्षित राख्नेछौं ।
भिन्दै कोठामा ढुक्कसँग परामर्श गर्न सकिनेछ ।
सबै खालका परामर्शको समय दिउँसो १ बजे देखि ४ बजे सम्मको हुनेछ ।
परामर्श समय प्रति व्यक्ति ३० मिनेटको हुनेछ ।
   

प्रशासकीय लेखनदास द्वारा दिइने विशेषज्ञीय परामर्श

भिसा, भिसा स्टाटस , प्रशासनिक कार्यको प्रक्रिया आदिको परामर्श, मियागी प्रशासकीय लेखनदास एसोसिएसनका लेखनदासहरु द्वारा प्रदान गरिन्छ ।

परामर्शको उदाहरण:

  • आफ्नो देशबाट परिवार बोलाउनको लागि के गर्नु पर्दछ ?
  • स्थायी बसोबास अनुमति प्राप्त गर्नको लागि के र कस्तो प्रक्रिया गर्नुपर्ने हुन्छ ?

मिति:

प्रशासकीय लेखनदास द्वारा दिइने विशेषज्ञीय परामर्श[1,292KB:PDF]

वकिल द्वारा दिइने विशेषज्ञीय परामर्श

पारिवारिक समस्या (सम्बन्ध विच्छेद, मुद्दामामिला, उत्तराधिकार, आदि),ऋण लिँदा, दिँदा आउने समस्या (विभिन्नठाउँको ऋण आदि), घर,कोठा भाडामा लिनेदिने, सडक दुर्घटना, सम्झौतापत्रको बिषयमा हुने समस्या आदि, कानुनी परामर्शहरु सेन्दाई बार एसोसिएसनका वकिलहरु द्वारा प्रदान गरिन्छ ।

परामर्शको उदाहरण:

  • सम्बन्धविच्छेदको बारेमा छलफल चलिरहेको छ, बच्चालाई आफुसंग राख्न स्वत्वाधिकार लागि के गर्नु पर्दछ ?
  • जापानी पति / पत्नीको मृत्यु भयो । सम्पत्तिको हकको सम्बन्धमा के हुन्छ होला ?

मिति:

वकिल द्वारा दिइने विशेषज्ञीय परामर्श[1,246KB:PDF]

श्रमिक ब्यूरो द्वारा दिइने विशेषज्ञीय परामर्श

ज्याला, जागिर समय, छुट्टी, रोजगार सम्झौता, रोजगार खोज्ने तरिका आदिको परामर्श, मियागी श्रमिक ब्यूरोका कर्मचारीहरु द्वारा प्रदान गरिन्छ ।

परामर्शको उदाहरण:

  • केहि कारण नहुदा पनि कामबाट निकालियो
  • मेरो तलब वा ओभरटाइमको पैसा भुक्तानि पाउन सकेको छैन
  • पिडा तथा धम्की, यौन उत्पीडन, जागिरमा पावरमा बस्ने व्यक्ति द्वारा दिइने उत्पीडन आदिका कामसँग संबन्धित समस्या
  • काम खोज्न चाहिरहेको छु

मिति:

श्रमिक ब्यूरो द्वारा दिइने विशेषज्ञीय परामर्श[1,540KB:PDF]


【श्रम ब्युरो बाटको जानकारी 】
श्रम ब्युरो चाहिँ, काम गरिरहेका व्यक्तिले, काम या श्रमको बारेमा परामर्श गर्न सकिने ठाउँ हो ।
हामि, यदि तपाइको कम्पनीसँग कुनै समस्या आइपरेको खण्डमा, त्यसको सामाधानको लागि सहयोग गर्दछौं ।
श्रम ब्युरो बाटको जानकारी

【काम खोजिरहेका ब्यक्तिहरुको लागि】
हेलोवर्क भनेको सरकारी कर्मचारीले तपाइको नयाँ काम खोज्न सहयोग गरिदिने ठाँउ हो । रोजगारसँग सम्बन्धित बिभिन्न किसिमका परामर्शहरु लिन सकिन्छ । जस्तो सुकै कुरा भए पनि, सुरुमा काउन्टरमा सल्लाह गरेर हेरौं।
हेलोवर्क बाटको जानकारी

अध्यागमन विभाग द्वारा दिइने विशेषज्ञीय परामर्श

आप्रवासन तथा भिसा स्टाटस सम्बन्धि प्रक्रियाको बारेको परामर्श, सेन्दाई अध्यागमन विभागका कर्मचारी द्वारा प्रदान गरिन्छ ।

परामर्शको उदाहरण:

  • अहिलेको काम परिवर्तन गरेको अवस्थामा मेरो भिसा स्टाटस के हुन्छ ?
  • अहिले “जापानी व्यक्तिको पति / पत्नी आदि” को भिसा स्टाटस छ तर सम्बन्धविच्छेद हुने भयो । अब मेरो भिसा स्टाटस के हुन्छ ?

मिति:

अध्यागमन विभाग द्वारा दिइने विशेषज्ञीय परामर्श[1,399KB:PDF]

कर लेखनदास द्वारा दिइने विशेषज्ञीय परामर्श

जापानको करको बारेको परामर्श मा चाँही, तोउहोकु कर एकाउन्टेन्ट एसोसिएसनका एकाउन्टेन्ट हरुले प्रदान गर्ने छन ।

परामर्शको उदाहरण:

  • व्यवसाय सुरु गर्न चाहन्छु। कम्पनी खोल्न गर्न चाहन्छु।
  • परिवार भित्रका आफन्तको मृत्यु भयो । अब सम्पति कर चाँही के हुन्छ होला ?
  • अस्थाई रुपको आय या व्यय हरु आएको थियो । यो चाँही कर लाग्ने या कटौती हुने प्रक्रियमा पर्छ या पर्दैन ।

मिति:

आवेदन दिने तरिकाको सम्बन्धमा

परामर्श लिन चाहने व्यक्तिले आवेदन दिने बेलामा निम्न कुराहरु भन्नुहोस् ।

  • नाम
  • सम्पर्क ठेगाना (फोन नम्बर तथा इमेल एड्रेस)
  • भिसा स्टाटस
  • परामर्श गर्न चाहेको कुरा (समस्या परेको विषय)
  • दोभाषेको सहयोग चाहिन्छ या चाहिँदैन

आवश्यकता परेको व्यक्तिलाई दोभाषेको सहयोग उपलब्ध गराउने छौं । (अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामी, नेपाली आदिका भाषाहरु )

[ स्थान ]
सेन्दाई इन्टरनेसनल सेन्टरको सम्मेलन भवन पहिलो तला, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
[ आवेदन ]
टेलीफोन:(022)224-1919, (022)265-2471
Eइमेल: tabunka@sentia-sendai.jp

अन्तर्राष्ट्रिय सम्बन्ध विभागको वेबसाइट या मेल म्यागजिन बाट पनि जानकारी दिइन्छ ।

होमपेज अघिल्लो भागमा