जनसम्पर्क पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बुलेटिन आर्थिक वर्ष 2026 Vol. 1』तयार भएको छ। /広報誌『仙台多文化共生センターだより2026年度Vol.1』ができました。

『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बुलेटिन』मा सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनयापनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं।
यस अंकको बिषयबस्तु चाँही,「जापानी जीवनशैलीका शिष्टता」भन्ने बिषय हो।
भर्खर भर्खर जापान आएका विदेशी नागरिकहरू प्रायः जापान र आफ्नो देशको चालचलन बीचको भिन्नता देखेर अलमल्लमा पर्ने गर्छन।
त्यसैले, यसपटक भने हामीले,「आफ्नो देशमा कुनैपनि समस्या नहुने काम, जापानमा गरेमा किन आलोचना गरिन्छ? 」भन्ने विषयमा यसको व्याख्या गर्नेछौं। कृपया पढ्नुहोला!
【आर्थिक बर्ष 2026 Vol.1】
| जापानिज संस्करण अंग्रेजी संस्करण चाइनिज (सरलीकृत) संस्करण चाइनिज (परम्परागत) संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण 〇यस अंकको बिषयबस्तु:जापानी जीवनशैलीका शिष्टता 〇सूचना:SenCUL बन्द रहने दिनहरु र समस्या पर्दा सम्पर्क गर्न सकिने स्थान [SenCUL बन्द रहने दिनहरु भने, २०२६ अप्रिल महिना देखि परिवर्तन भएका छन] [तपाईंलाई समस्या पर्दा सम्पर्क गर्न सकिने स्थान] 〇परामर्श कर्मी कर्नर:「के देश फेरिए सँगसँगै「सामान्य」मानिने कुराहरु पनि परिवर्तन हुन्छ र? ※जापानी, अंग्रेजी, चाइनिज (सरलीकृत), चाइनिज (परम्परागत), कोरियन, भिएतनामी, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ। जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ। अवश्य हेर्नुहोला। |

