【आवेदन खुला】1/24,1/31,2/7 विदेशी अभिभावकहरूको लागि जापानी भाषाकक्षा 「बच्चा हेरचाहको लागी जापानीभाषा」/外国人保護者のための日本語教室「こそだて にほんご」
यहाँ विदेशी आमा, बुवाहरूको लागि जापानी भाषा सिक्ने कक्षाहरू छन।
उल्लेखित शिर्षकहरुमा अध्ययन गर्दै, तपाईं, बच्चा हुर्काउदा प्रयोग हुने जापानी भाषा रमाइलो सँग सिक्न सक्नुहुन्छ।
हामी, लामो समयदेखि जापानमा बसोबास गर्दै आएका विदेशी नागरिकहरूलाई पनि सहयोग गर्छौं। कृपया, अवश्य सहभागी हुनुहोला!
● सहभागी हुन सक्ने व्यक्ति : ० वर्ष देखि प्राथमिक विद्यालयमा पढ्ने उमेरका बालबालिका
भएका अभिभावकहरू <आवश्यक: प्रत्येक पटकको लागी १० जना>
● सहभागिता शुल्क: निशुल्क । (० येन पैसा लाग्दैन।)
● बच्चा हेरचाह: तपाईं आफ्नो बच्चालाई पनि साथै लिएर आउनुहुन्छ भने यहाँ हेरिदिने ब्यबस्था छ। बालबालिका हेरचाह गर्ने मानिस छन।
● आवेदन: तपाईं आफु सहभागी हुन चाहनुभएको विषयको गुगल फारम प्रयोग गरेर आवेदन गर्नुहोस।
● तालिका
④भाषा, शब्दहरु
मिति र समय: २०२६ जनवरी २४ तारिक (शनि) बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म
स्थान: आओबा वार्ड च्युयो सिमिन सेन्टर (सेन्दाई शहर आओबा वार्ड इचिबान्चो २-१-४) MAP
विषयवस्तु: तपाईं आफ्ना बच्चाहरूलाई हुर्काउन, मातृभाषा वा जापानी कुन भाषा प्रयोग गर्नुहुन्छ? बिधालयमा प्रयोग गरिने जापानी भाषा सिक्दै, यसको बारेमा सोचौं। विदेश सँग सम्बन्ध भएका बालबालिकाहरूलाई सहयोग गर्ने व्यक्तिको कुराकानी पनि सुन्न सक्नुहुन्छ।
▶आवेदन: https://forms.gle/BEAG7zm58FmyvSjY6
⑤ रोग र अस्पताल
मिति र समय: २०२६ जनवरी ३१ तारिक (शनि) बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म
स्थान: आओबा वार्ड च्युयो सिमिन सेन्टर (सेन्दाई शहर आओबा वार्ड इचिबान्चो २-१-४) MAP
विषयवस्तु: आफ्नो बच्चालाई खोप लगाइँदा वा अस्पताल लैजादा के गर्ने भनेर तपाईंलाई थाहा छ? जापानी भाषा सिकी, स्वस्थ जीवन जिउने बारेमा जानौं। सेन्दाई शहर बाट आएका जनस्वास्थ्य नर्सको कुराकानी सुन्न सक्नुहुन्छ।
▶आवेदन: https://forms.gle/PAvx416rW8uvXfNi6
⑥आपतकालीन अवस्था
मिति र समय: २०२६ फेब्रुअरी ७ तारिक (शनि) बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म
स्थान: आओबा वार्ड च्युयो सिमिन सेन्टर (सेन्दाई शहर आओबा वार्ड इचिबान्चो २-१-४) MAP
विषयवस्तु: यदि बच्चा अचानक बिरामी पर्यो वा गम्भीर घाइते भयो भने तपाईं के गर्नुहुन्छ? स्वस्थ जापानी भाषा सिकी, स्वस्थ जीवन जिउने बारेमा जानौं। दमकल वा एम्बुलेन्स विभाग आकस्मिक कक्षका कर्मचारीको कुरा सुन्न सक्नुहुन्छ।
▶आवेदन: https://forms.gle/h5M9apZVV5GTiVPGA
★बिगतका कार्यक्रमहरुको बिबरण
① २०२५ अक्टोबर १८ तारिक (शनि) नर्सरी स्कूल र किन्डरगार्डेन
https://int.sentia-sendai.jp/blog/j/j-32005/
② २०२५ नोभेम्बर ८ तारिक (शनि) बालबालिकाको खानपान
https://int.sentia-sendai.jp/blog/j/j-32341/
③ २०२५ नोभेम्बर १५ तारिक (शनि) लन्च बक्स (ओबेन्तो)
https://int.sentia-sendai.jp/blog/j/j-32367/
● सम्पर्क:
सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (सेन्टिया)
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, बहुसांस्कृतिक समाज बिभाग (कार्यकारी : चिदा)
टेलिफोन (०२२)२६८-६२६० / इमेल a-chida@sentia-sendai.jp

