【रिपोर्ट】फेब्रुअरी १७ तारिक (शनि)「विदेशीनागरिक बालबालिका र उनीहरुको अभिवाबकहरुका लागि प्राथमिक विद्यालय नयाँप्रवेश तयारी कक्षा」को आयोजना गरिएको थियो।
त्यसदिन, विदेशीनागरिकहरु नौ परिवार र बालबालिकाहरु गरि २० जना सहभागी हुनुभएको थियो। इन्डियन, भियतनामी, इन्डोनेसिया र मंगोलिया जस्ता विभिन्न देशका परिवारहरू सहभागी भै, प्राथमिक विद्यालय नयाँप्रवेश तयारी कक्षाको महत्वपूर्ण जानकारी, विद्यालय भित्रको दैनिकी र अध्ययन, अलिकति पनि जापानी भाषा नजानेका विधार्थीलाई गरिने सहायताको बारेमा व्याख्या गरियो।
साथै, वास्तवमै सेन्दाई सिटि भित्रको प्राथमिक विद्यालयमा भर्ना भै अनुभव बटुलेका अभिभावकको कुरा पनि सुनी, घरमा बालबालिकासँग कुरा गर्दा प्रयोग गरिने भाषा, विद्यालयका शिक्षकहरूसँग कुराकानी गर्ने तरिका, अभिवाबकहरूलाई पनि जापानी भाषा अध्ययनको महत्त्वबारे र त्यस बेला उनीहरुको भोगाईको अनुभब बारेमा पनि सुन्यौ।
सहभागीहरु,「यस कक्षमा, जापानको प्रथमिक बिधालयको सम्बन्धमा सुनेर बुझेर धेरै राम्रो भयो।」「प्रथमिकबिधालय छ कक्षासम्मको खान्जी कतिवटा जान्नुपर्ने हुन्छ बुझ्न चाहन्छु।」आदि धेरै सक्रिय रुपमा सहभागि हुनु भएको थियो।
सेन्टीयाले, प्रत्येक बर्ष फेब्रुअरी महिनामा प्राथमिक विद्यालय नयाँप्रवेश तयारी कक्षाको आयोजना गर्छ। बर्षको मध्यमा बिधालय परिवर्तन गर्नेहरूका लागि, विदेश सँग सम्बन्ध भएका बालबालिकाका लागी सहायता परामर्श डेस्कमा परामर्श गर्न पनि सक्नुहुन्छ, त्यसैले भाषाकक्षा र सहायता डेस्कको उपयोग गर्नुहोस।
●विदेश सँग सम्बन्ध भएका बालबालिका सहायता परामर्श डेस्क
https://int.sentia-sendai.jp/child/support/n/
●नयाँप्रवेश तयारी कक्षाको लागि उपयोगी जानकारी(SenTIA HP बालबालिका पालनपोषण)
https://int.sentia-sendai.jp/n/life/child.html