ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「सेन्दाई सिटिबाट「उच्च मूल्यवृद्धि विरुद्ध न्यून आय भएका घरपरिवारहरु लाई दिइने आकस्मिक सहायता रकम (प्रति घरपरिवारको लागि 70,000 येन」को जानकारी」/「仙台市からの「低所得世帯への物価高対策緊急支援給付金」についてのお知らせ」

● कस्तो किसिमको सहायता रकम हो ?
बढिरहेको मूल्यवृद्धिको कारण ठूलो असर पुगेका बसोबास कर छुट पाएका घरहरूलाई सहायता दिन प्रतिघर 70,000 येन उपलब्ध गराइनेछ।

●कति पैसा प्राप्त गर्न सकिन्छ ?
प्रति घरपरिवार 70,000 येन।

●रकम कसले पाउन सक्छ?
・2023 आर्थिक वर्षको बसोबास कर छुट पाएका घरपरिवारहरु
मिति 2023 साल डिसेम्बर 1 तारिखमा सेन्दाई शहरमा बसोबास दर्ता भएका घरहरूमध्ये घरका सबै सदस्हरूको 2023 आर्थिक वर्षको बसोबास कर मध्ये बराबर कर छुट पाएका घरहरू
(केही अपवादहरू बाहेक)

※सामाजिक कल्याण जीवनयापन सहयोग प्राप्त गरिरहेका घरपरिवारहरुले पनि पाउनेछन
※तर माथिको घरपरिवारहरू मध्ये घरका सबै सदस्यहरू 2023 आर्थिक वर्षको बसोबास करमध्ये बराबर कर तिर्नुपरेकाहरूका आश्रित व्यक्तिहरूमात्र भएको घरपरिवारहरू सहयोगको लागि योग्यहुने छैन। साथै कोही व्यक्ति कर सन्धिको कारण बसोबास करबाट छुटको लागि सुचना दिएको छ भने योग्यहुने छैन।

※यो सहायता रकम 2021 आर्थिक वर्ष वा 2022 आर्थिक वर्षमा बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता (प्रति घर 100,000 येन) वा बिजुली, ग्यास र खानेकुरा आदिको बढिरहेको मूल्यहरूबारे आकस्मिक सहायता रकम (प्रति घर 50,000 येन) वा बसोबास कर छुट पाएका घरहरूलाई दिइने आकस्मिक सहायता रकम (प्रतिघरको लागि 30,000 येन) पाइसकेका घरहरूले पनि प्राप्त गर्न योग्यहुने छ।

●रकम कसरी र के गरि पाउन सकिन्छ ?
1 2023 साल जनवरी 1 तारिखमा सेन्दाई शहरमा बसोबास दर्ता गरेका घरपरिवारहरू
(1)「बसोबास कर छुट पाएका घरपरिवारहरूलाई दिइने आकस्मिक सहायता रकम (प्रति घर 30,000 येन) 」भुक्तान गरिएका घरपरिवारहरू
2024 जनवरी 22 तारिक देखि सेन्दाई सिटिले हुलाक मार्फत「रकम भुक्तानी सूचना」पठाउनेछ।
・कुनै पनि आवेदन प्रक्रियाको आवश्यकता पर्दैन।

・आकस्मिक सहायता रकम「बसोबास कर छुट पाएका घरपरिवारहरूलाई दिइने (प्रति घर 30,000 येन) 」को भुक्तानी तपाईले पठाउनु भएको बैंक खातामा रकम ट्रान्सफर गरिनेछ ।

・यदि आकस्मिक सहायता रकम प्राप्त गर्नको लागी बैंक खाता परिवर्तन गर्न चाहनुहुन्छ र यो भत्ता लिईन चाहनुहुन्न भने 2024 साल फेब्रुअरी 5 तारिक (सोमबार) सम्ममा दिइएको नम्बरमा 0120-000-483 मा सम्पर्क गर्नुहोस।

(2)「बसोबास कर छुट पाएका घरपरिवारहरूलाई दिइने आकस्मिक सहायता रकम (प्रति घर 30,000 येन)」प्राप्त नगरेएका परिवारहरू
・2024 जनवरी 22 तारिक देखि सेन्दाई सिटिले आवेदनका लागि आवश्यक कागजातहरू हुलाकबाट पठाउनेछ।
・कागजातहरू प्राप्त भएपछि, रकम भुक्तानीको लागि योग्य भएका व्यक्तिले भने कागजातमा आवश्यक पर्ने जानकारीहरु लेखेर, हुलाक मार्फत सेन्दाई सिटीमा पठाउनुहोस।
2024 मे 31 तारिक (शुक्रबार) सम्म आवेदन दिनुहोस।

2 2023 जनवरी 2 तारिखमा वा त्यसपछि सेन्दाई सिटिमा बसाइँ सरि आउनुभएको व्यक्ति हुने घरपरिवारहरु
・तपाईंले पाउने सहायता रकम बारेको जानकारी चाँही हुलाक पोस्टकार्डबाट प्राप्त गर्नुहुनेछ।
यो सहायता रकमको लागि योग्य हुनुभएकोहरुले भने सहायता रकमको लागि सम्बन्धित टेलिफोन 0120-000-483 मा सम्पर्क गर्नुहोस।
सेन्दाई सिटिले पछि आवश्यक आवेदन फाराम हुलाक मार्फत पठाउनेछ।


※「बसोबास कर छुट पाएका घरपरिवारहरूलाई दिइने आकस्मिक सहायता रकम (प्रति घरपरिवार 30,000 येन)」पाउनुभएका परिवारहरूलाई「रकम भुक्तानी सूचना」हुलाक मार्फत पठाइनेछ। भुक्तानी गर्ने तरिका 1 (1) को जस्तै हो।

रकम प्राप्त गर्न योग्य परिवारहरूलाई यस्तो प्रकारको खाममा चिट्ठी आउनेछ।

उच्च मूल्यवृद्धि विरुद्ध न्यून आय भएका घरपरिवारहरु लाई दिइने आकस्मिक सहायता रकमको लागी सम्बन्धि डायल

・टेलिफोन नम्बर 0120-000-483
・रिसेप्सनको समय कार्यालयको दिन बिहान 8:30 देखि बेलुका 7:00 सम्म (2024 अप्रिल 1 तारिक पछि साँझ 5:00 सम्म)
・उपलब्ध भाषाहरु  जापानी, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामि, नेपाली

यसबाहेक अन्य, दैनिक जीवनयापन सँग सम्बन्धि बिदेशीभाषामा परामर्श चाहिएमा, 「सेन्डाई बहुसांस्कृतिक समाज केन्द्र」मा फोन गर्नुहोस।
○ सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
・टेलिफोन नम्बर 022-224-1919
・रिसेप्सनको समय हरेक दिन बिहान 9:00 बजे देखि साँझ 5:00 सम्म

बिस्तृत जानकारीको लागी सेन्दाई सिटीको होमपेजमा हेर्नुहोस।
सेन्दाई सिटि होमपेज (सरल जापानिज भाषा)
https://www.city.sendai.jp/shakai-kanri/r5_teisyotokusetaikyuuhukin_gaikokujin_ne.html