ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई शहरले दिने 「बसोबास कर छुट पाएका घरपरिवार आदिलाई दिइने अस्थायी भत्ता」 बारेको सूचना(仙台市からの「住民税非課税世帯等への臨時特別給付金」のお知らせについて)

बसोबास कर छुट पाएका घरपरिवार आदिलाई दिइने अस्थायी भत्ता भनेको, नयाँ कोरोनाभाइरस संक्रमणको प्रभावका कारण दैनिकजिबनमा बिभिन्न समस्यामा परेका व्यक्तिहरूलाई मद्दत गर्नको लागि प्रदान गरिने भत्ता हो । प्रति घर एकलाख (100,000) येन प्रदान गरिनेछ ।
2021 डिसेम्बर 10 तारिक सम्म, जापानको कुनैपनि नगरपालिकामा बसोबास दर्ता भएको र निम्न 1 देखि 3 मध्ये कुनैपनि एक मापदण्ड पूरा गर्ने घरपरिवारले भत्ता प्राप्त गर्न सक्छन ।

1. 2022 आर्थिकवर्षको बसोबास कर छुट पाएका घरपरिवारहरु
※जिबनयापनको लागि सामाजिक सहयोग भत्ता प्राप्त गरिरहेका घरपरिवारहरु समेत
आवेदन दिने म्याद : 2022 अक्टोबर 31 तारिक (सोमबार) सम्म

2. 2021 आर्थिक वर्षको बसोबास कर छुट पाएका घरपरिवारहरू
आवेदन दिने म्याद : 2022 सेप्टेम्बर 30 तारिक (शुक्रबार) सम्म

3. घरायसी बजेटमा अचानक परिवर्तन भएका घरपरिवारहरु
आवेदन दिने म्याद : 2022 सेप्टेम्बर 30 तारिक (शुक्रबार) सम्म
※यदि आफुले भत्ता पाउने वा नपाउने भन्नेकुरामा निश्चित नभएका व्यक्तिहरुले भने, तलको सम्बन्धित नम्बरमा फोन गरि सोधपुछ गर्नुहोस ।

<सम्पर्कको लागिको ठेगान>
बसोबास कर छुट पाएका घरपरिवार आदिलाई दिइने अस्थायी भत्ताको लागिको टेलिफोन 0120-489-048
रिसेप्सनको समय सोमबारदेखि शुक्रबारसम्म बिहान 8:30 देखि बेलुका 7:00 सम्म
उपलब्ध भाषा जापानीज, अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामी, नेपाली जस्ता 21वटा भाषाहरू

【सेन्दाई शहरको होमपेज「बसोबास कर छुट पाएका घरपरिवार आदिलाई दिइने अस्थायी भत्ता」बारेको सूचना】
(जापानीज)
http://www.city.sendai.jp/shakai-kanri/r4_rinjitokubetukyuuhukin_gaikokujin_ej.html
(अंग्रेजी)  
http://www.city.sendai.jp/shakai-kanri/r4_rinjitokubetukyuuhukin_gaikokujin_en.html
(चिनियाँ)  
http://www.city.sendai.jp/shakai-kanri/r4_rinjitokubetukyuuhukin_gaikokujin_cn.html
(कोरियन)  
http://www.city.sendai.jp/shakai-kanri/r4_rinjitokubetukyuuhukin_gaikokujin_ko.html
(भियतनामी)  
http://www.city.sendai.jp/shakai-kanri/r4_rinjitokubetukyuuhukin_gaikokujin_ve.html
(नेपाली)  
http://www.city.sendai.jp/shakai-kanri/r4_rinjitokubetukyuuhukin_gaikokujin_ne.html