ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

[ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा] घरभाडा सहायता अनुदान रकमको बारेमा(家賃支援給付金)

 यसको आवेदन दर्ताको समय समाप्त भएको छ 

नयाँ कोरोनाभाइरसको कारण, नराम्रोसँग प्रभावित हुनु भएका ब्यवसायीहरुलाई, जिदाइ (= जग्गा उपभोग गर्नको लागिको पैसा ) या घरभाडा आदि तिर्नको लागिको अनुदान रकम प्रदान गर्दछौं ।

【अनुदान रकम】

ब्यवसायीक निगमहरुलाई बढीमा ६० लाख एन
व्यक्तिगत ब्यवसायीहरुलाई बढीमा ३० लाख एन
※ आवेदन दिएको मिति बाट,एकमहिना भित्रमा तिरेको घरभाडाहरुको आधारमा, अनुदान दिने रकमको गणना हुनेछ ।

【लक्षित व्यक्ति(यो रकम लिन मिल्ने व्यक्ति)】

ब्यवसायीक निगमहरु, कुलपूँजी १ अर्ब येन भन्दा कम भएको मध्यम आकारको कम्पनी, साना तथा मझ्योला उद्योग, साना व्यवसायीहरु
※ गैर-ब्यबसायीक निगमहरू जस्तै चिकित्सा संस्थान, कृषि संस्थान , NPO हरु तथा सामाजिक कल्याण संस्थानहरूले पनि यो सुबिधा लिन सक्नेछन ।
व्यक्तिगत ब्यवसायीहरु
※ फ्रीलंस (स्वतन्त्र पेशावाल ) हरुले पनि यो सुबिधा लिन सक्नेछन ।

【आवेदन अवधि】

~2021 जनवरी 15 तारिख सम्म

【आवेदन दिने तरिका】

「घरभाडा सहायता अनुदान」को होमपेजबाट अनलाइन आवेदन दिनुहोस ।
※ अनलाइनबाट आवेदन दिन नसक्ने व्यक्तिले 「आवेदन सहायता स्थान 」मा गएर, होज्योइन (=सहयोग गर्ने व्यक्ति) सँगसँगै आवेदन दिन सकिनेछ ।
「घरभाडा सहायता अनुदान रकम」को बारेमा बृस्तित रुपमा बुझ्न, अर्थव्यवस्था, व्यापार तथा उद्योग मंत्रालयको
होमपेज बाट「घरभाडा सहायता अनुदान रकम」हेर्न सकिन्छ ।
https://yachin-shien.go.jp/index.html (जापानिज भाषा मात्र )

【सम्पर्क】

घरभाडा सहायता अनुदानको कल सेन्टर
फोन :0120-653-930
खुल्ने समय :कार्यालय दिन र आइतबार बिहान 8:30~बेलुका 7 बजे(शनिबार र अन्य बिदाको दिन बाहेक )

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )