ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सेन्दाई शहरबाट जारी सूचना】जचाउन जाँनको लागी अस्पताल खोज्न वा अस्पतालमा चाहिने दोभाषे सहयोग प्रदान गर्न मद्दत गर्ने सेवा संचालन गरिदैछ।

にほんご

सेन्दाई शहरले, मानिस बिरामी हुँदा वा चोटपटक लाग्दा, अस्पताल खोज्न वा त्यहाँ जाँदा भाषाको समस्या परेमा दोभाषे सहायता प्रदान गर्न सेवा संचालन सुरु गरेको छ। विशेष गरि, यो दोभाषे सहायता सेवा भने, २०२६ सेप्टेम्बर १ तारिक देखि सेन्दाई शहर भित्रका अस्पतालहरूमा सुरु हुनेछ र ३३ वटा भाषाहरूमा यो सेवा उपलब्ध हुनेछ। बिरामी वा चोटपटकको कारण समस्यामा पर्दा कृपया, यो सेवाको उपयोग गर्नुहोस।

सेवा जानकारी ・सेन्दाई शहर भित्र, अस्पतालहरू खोज्न वा त्यहाँ अपोइन्टमेन्ट लिनको लागी भाषाको सहायता प्रदान गरिन्छ।
・सेन्दाई शहर भित्रका अस्पतालहरूमा स्मार्टफोन प्रयोग गरेर दोभाषे सहायता सञ्चालन गरिनेछ।
अवधि / समय २०२६ सेप्टेम्बर १ तारिक देखि २०२७ फेब्रुअरी २८ तारिक
बिहान ९:०० बजेदेखि साँझ ५:०० बजे
यो सेवा शनिबार, आईतबार र सार्वजनिक बिदा (नयाँ वर्षको बिदा) मा पनि उपलब्ध छ।
लक्षित बर्ग शहर भित्रको चिकित्सा संस्थामा चिकित्सा उपचार लिन चाहने व्यक्तिहरु, जापानी भाषा राम्रोसँग बोल्न नजान्ने व्यक्तिहरूको लागी
※यो सेवा सेन्दाई शहरमा बसोबास गरेको नभईकन, पर्यटकहरूले पनि उपयोग गर्न सक्नुहुन्छ।

「म अस्पताल जान चाहन्छ, तर कुन अस्पताल गए हुन्छ त्यो मलाई थाहा छैन」
「धेरै किसिमका अस्पतालहरु भएकोले, कसरी खोज्ने भन्ने कुरा मलाई थाहा भएन」
「जापानी भाषा बोल्न सक्दिन त्यसैकारण, अस्पतालमा अपोइन्टमेन्ट लिन सक्दिन」
「जापानी भाषा बोल्न सक्दिन त्यसैकारण, अस्पतालको डाक्टर वा स्टाफको कुराकानी बुझ्न सक्दिन」आदि इत्यादी

उपलब्ध हुने भाषाहरु ३३ वटा भाषाहरु
(जापानी/अंग्रेजी/चाइनिज/कोरियन/नेपाली/भियतनामी/बर्मेली/इन्डोनेसियन भाषाहरु आदि)
शुल्क नि:शुल्क
तपाईंले फोन गर्दा लाग्ने शुल्क मात्रै लाग्नेछ।
प्रयोग गर्ने तरिका 〇तलको लिङ्कमा क्लिक गर्नुहोस र फारम भर्नुहोस।
https://my.mediphone.jp/services/phone/request?identity=s45496
〇०५०-१७८५-३०२२ मा फोन गर्नुहोस
पम्पलेट >सेवा जानकारी पम्पलेट