【सूचना】 अक्टोबर ५ तारिक「विदेशी मूलका बुबा,आमाहरूका लागि अन्तरक्रिया कार्यक्रम अन्तर्गत जापानमा बच्चा हुर्काउने बारेमा जानौं」 (मियागिनो वार्ड परिवार तथा स्वास्थ्य विभाग, नोबिसुकु मियागिनो, SenTIA)
※यो कार्यक्रम विदेशी अभिभावकहरूको लागि हो।
के तपाईंले जापानमा बच्चा हुर्काउँदा 「नबुझेका कुरा」 वा 「समस्या परेका कुरा」 छन?
हामी सवैजना मिलेर सँगै, जापानको जीवनयापन र बाल पालनपोषणको बारेमा सिकौं!
[कहिले] २०२६ ५ तारिक (सोम), बिहान १०:०० बजेदेखि ११:३० बजे
[कहाँ] नोबिसुकु मियागिनो (सेन्दाई शहर मियागिनो वार्ड गोरिन २-१२-७०)
ठाउँको नक्शा : https://maps.app.goo.gl/ZdPAA8G4w9cq77F86
[सहभागी हुन सक्ने व्यक्तिहरु]
(① देखि ③) सम्मको सबै मापदण्ड पूरा गरेका व्यक्तिहरु जो कोहीले पनि भाग लिन सक्छन।
① मियागिनो वार्डमा बस्ने व्यक्तिहरु
② बिदेशी मूलका नागरिकहरु
③ ० बर्ष देखि ६ वर्ष उमेर सम्मका बालबालिका हुर्काई रहेका बुबा, आमाहरू
< जम्मा २० परिवार। सहभागीताको लागि पहिले आबेदन गर्ने २० समूहले भाग लिन सक्नेछन।>
[आवेदन]
तलको URL लिंक वा QR कोड मार्फत आवेदन दिनुहोस।
https://logoform.jp/form/3PrJ/1491845
[बिषय सामग्री]
・जापानको जीवनशैली
・साधारण तरिकाको जापानी खाना बनाउने
・समस्यामा पर्दा सल्लाह लिन सकिने स्थान
・बच्चा पालनपोषणको बारेमा सवैजना मिलेर कुराकानी गरौं।
※कार्यक्रमको दिन दोभाषे सहायता पनि उपलब्ध हुनेछ। आबेदन गर्दा दोभाषे चाहिन्छ भने, चाहिन्छ भनि उल्लेख गर्नुहोस।
[सम्पर्क स्थान]
मियागिनो वडाकार्यालय, परिवार तथा स्वास्थ्य विभाग, शिशु स्वास्थ्य शाखा, टेलिफोन: ०२२-२९१-२१११


