जनसम्पर्क पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बुलेटिन आर्थिक वर्ष 2025 Vol.2』तयार भएको छ।広報誌『仙台多文化共生センターだより2025年度Vol.2』ができました。
『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बुलेटिन』मा भने, सेन्दाईमा बसोबास गरेका विदेशी नागरिकहरुलाई दैनिक जिबनयापनको लागि उपयोगी हुने जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं।
यस अंकको बिषयबस्तु चाँही,「पेन्सन (राष्ट्रिय संचयकोष) को बारे!」भन्ने बिषय हो।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा, बिदेशी नागरिकहरुबाट पेन्सन सम्बन्धित प्रश्न र जिज्ञासाहरू धेरै सोधिने गर्छ। जस्तो कि, पेन्सन योजनामा सामेल हुनैपर्छ? न भएमा के हुन्छ? यदि मैले पेन्सन भुक्तानी गरिन भने के हुन्छ? पेन्सन प्रणाली भनेको कस्तो प्रकारको प्रणाली हो? यी यस्ता प्रश्नहरू धेरै सोधिने गर्छन। तपाईंहरुलाई थाहा नभएको कुराहरु धेरै हुन् सक्छ। त्यसैले, यस पटक हामीले जापानको पेन्सन प्रणालीको बारेमा परिभाषित गरिएको बहुभाषाको जानकारी सामग्रीको बारेमा यहाँ प्रस्तुत गर्नेछौं। कृपया अवश्य हेर्नुहोला!
【आर्थिक बर्ष 2025 Vol.2 जापानी भाषा संस्करण अंग्रेजी भाषा संस्करण चाइनिज (सरलीकृत) भाषा संस्करण चाइनिज (परम्परागत) भाषा संस्करण कोरियन भाषा संस्करण भियतनामी भाषा संस्करण नेपाली भाषा संस्करण
यस अंकको विषयवस्तु:पेन्सन (राष्ट्रिय संचयकोष) को बारेमा!
सूचना:सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको उपनामको बारेमा
SenTIA मेल म्याजिन बारेमा जानकारी
परामर्श कर्मी कर्नर:「पेन्सन (राष्ट्रिय संचयकोष) को बारेमा」
-परामर्श कर्मीको अनुभव र विचार प्रस्तुत गर्छौ-」
※ जापानी, अंग्रेजी, चाइनिज (सरलीकृत), चाइनिज (परम्परागत), कोरियन, भिएतनामी, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ। जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ। अवश्य हेर्नुहोला।
