ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

■ केन्याको सँस्कृति प्रसिक्षण कार्यशाला「नरम चिल्लो आकार कुदिएको ढुङ्गामा चित्र बनाउने प्रसिक्षण कार्यशाला」 (SenTIA अनुदानित परियोजना)(ケニアソープストーン絵付け体験会)

सेन्दाई अन्तर्राष्ट्रिय आदानप्रदान क्लबले केन्याको सँस्कृति प्रसिक्षण कार्यशाला「नरम चिल्लो आकार कुदिएको ढुङ्गामा चित्र बनाउने प्रसिक्षण」कार्यशाला को आयोजना गर्नेछ।

सेन्दाई अन्तर्राष्ट्रिय आदानप्रदान क्लबले बिभिन्न देशका फरक सँस्कृति आदानप्रदान कार्यक्रम गर्नुको उद्देश्य भने, विदेशको सँस्कृति अनुभव गरि, देश वा फरक फरक जतिका मानिसहरु बीच पारस्परिक सम्मान र प्रोत्साहित गर्नु हो।
यस पटक चाँहि, अफ्रिकाको बारेमा कुराकानी सुन्ने र केन्याको「नरम चिल्लो आकार कुदिएको ढुङ्गामा चित्र बनाउन」अभ्यास गर्ने कार्यशाला हो।

यो सोफ्ट स्टोन (नरम चिल्लो आकारको ढुङ्गा) भनेको चाँही, पश्चिमी केन्यामा पाइने सेतो ढुङ्गा हो।
नरम चिल्लो आकारको ढुङ्गामा चित्रित मूर्तिहरू केन्या देश भित्र उपहार बेच्ने ठाउँठाउँमा लहरै सजाएर राखिएको हुन्छ।

यो नरम चिल्लो आकारको ढुङ्गा चाँही प्रशोधन गरिएको चिल्लो र चित्र लेख्न सजिलो ढुङ्गा हो।
यस पटक पनि जरायो अर्को जलगैंडाको आकारमा दुई प्रकारका सादा ढुङ्गा तयार परेर राखिएको छ।
सेतो नरम ढुङ्गामा अफ्रिकी ढाँचाहरू चित्रण गरि, आफ्नो सम्झनाको लागी चिनो आफैं बनाउनुहोस।
यो क्रिसमसको लागी सजावटको रूपमा पनि उत्तम हुन्छ।

अवश्य,सहभागी हुनुहोला !

मिति र समय:२०२५ डिसेम्बर २१ तारिक(आईत)दिउँसो साढे १ बजे देखि साढे ३ बजे सम्म
स्थान : मियागी एनपीओ प्लाजा (सेन्दाई शहर मियागिनो वार्ड चुचुजीगाओका ५)
सहभागिता शुल्क :१००० येन
प्रशिक्षण समय: लगभग २ घण्टा
क्षमता १२ जना : जो कोहीले पनि सहभागी हुन सक्छन (विदेशीनागरिक र स्कूल जाने उमेरका बालबालिकालाई स्वागत छ)।
आवेदन गर्नको लागी : https://sendai.jcifc.com/bunka/
आवेदन दिने अन्तिम म्याद : डिसेम्बर १९ तारिक (शुक्र)
आयोजक: सेन्दाई अन्तर्राष्ट्रिय साँस्कृति आदानप्रदान क्लब, आमानी या अफ्रिका