【सहभागीताको लागि आवाहन खुल्ला】 विदेशीसँग सम्बन्ध भएका विद्यार्थीहरूको लागि उच्च माध्यमिक विद्यालय अबलोकन कार्यक्रम~सेन्दाई शहर मातहतको सरकारी र निजि उच्च मा बि संस्करण~(外国につながる生徒等のための高校見学会~公立高校編~)
SenTIA ले, विदेशीसँग सम्बन्ध भएका विद्यार्थीहरूको लागि उच्च माध्यमिक विद्यालय अबलोकन कार्यक्रमको आयोजना गर्नेछ।
जापानको उच्च माध्यमिक बिधालयहरु कस्तो हुन्छन भनेर जान्न, वास्तवमा तपाईं, उच्च माध्यमिक विद्यालयमा गई, त्यहाँको शिक्षकहरूका कुराकानी सुन्न सक्नुहुन्छ।
सेन्दाई शहर मातहतको सरकारी उच्च मा बि संस्करण अन्तर्गत भने, सेन्दाई शहर मातहत थाइशी उच्च माध्यमिक बिधालयको अवलोकन गर्नेछौं।
हामी प्रबेश परिक्षाको तयारीमा रहेका विद्यार्थीहरूको सहभागिताको प्रतीक्षामा छौं!
■मिति र समय : २०२५ नोभेम्बर ४ तारिक (मंगल) दिउँसो १:३० बजेदेखि ३:३० बजे सम्म
■स्थान: सेन्दाई शहर मातहत थाइशी उच्च माध्यमिक बिधालय (सेन्दाई शहर मियागिनो वार्ड गोरिन (१-४-१०)
■लक्षित :यस वर्ष परीक्षा दिन तयारीमा रहेका विद्यार्थीहरू
■सहभागी संख्या: ५ जना विधार्थी (प्रत्येक १ जना विधार्थीको १ जना अभिभावक मात्र)
यदि आवेदन धेरै भएमा, सहभागीहरू गोलाप्रथा द्वारा छनोट गरिनेछ।
■सहभागिता शुल्क चाँही नि:शुल्क हो। (० येन)
■बिषय सामग्रीहरू:
①विद्यालयको परिचय
②कक्षाकोठा र विद्यालय भित्रको अबलोकन
③प्रश्नउत्तर कर्नर
■आवेदन : अक्टोबर ३० तारिक सम्ममा तलको लिंक गुगल फारमबाट आवेदन गर्नुहोस।
https://forms.gle/1YvugdGapEbZbqQE7
■प्रायोजक: सेन्दाई शहर शिक्षा कार्यालय
■सहयोग: सेन्दाई शहर सेन्दाई मातहत उच्च माध्यमिक विद्यालय, सेन्दाई इकुए गाकुएन उच्च माध्यमिक विद्यालय, विदेशी बालबालिका सहायता संघ, सात्तो जापानी भाषा क्लब
■आयोजक, सम्पर्क:
सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA ,सेन्टिया)
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, बहुसांस्कृतिक समाज बिभाग (कार्यकारी: सातो)
टेलिफोन: (०२२)२६८-६२६० / इमेल: m-sato@sentia-sendai.jp
※यस पटकको उच्च माध्यमिक बिधालय अबलोकन गर्दैमा प्रवेश भर्नाको लागि ग्यारेन्टी हुन्छ भन्ने चाँही होइन।
※अबलोकन कार्यक्रम चाँही, सरकारी र निजी उच्च माध्यमिक गरि दुई विद्यालय संस्करण छन।
※यो कार्यक्रम, सार्बजनिक हित, स्थानीय परिषद् अन्तर्राष्ट्रिय समाज सम्बन्ध संघको सहयोग प्राप्त गरि आयोजना गरिएको हो।

