सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बुलेटिन आर्थिक वर्ष 2025 Vol. 1』तयार भएको छ।(『仙台多文化共生センターだより2025年度Vol.1』ができました。)
『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बुलेटिन』मा सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनयापनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं।
यस अंकको बिषयबस्तु चाँही,「गर्भवती भएपछि प्रसुती सम्मको प्रक्रिया!」भन्ने बिषय हो।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र मा, जापानमा बसोबास गर्ने गर्भवती महिला वा बालबच्चा हुर्काइ रहेका बिदेशीनागरिकहरु बाट बिभिन्न कुराहरु सोध्न बुझको लागि जानकारी प्राप्त हुन्छ। आफ्नो देशको तुलनामा यहाँको सरकारी प्रणाली को भिन्नता देखेर अलमल्लमा पर्नेहरु पनि धेरै छन। त्यसैले, यस पटकको बुलेटिनमा, गर्भवती भएपछि प्रसुती सम्म पालना गर्नुपर्ने प्रक्रियाहरू, साथै उपलब्ध हुने विभिन्न सहयोगहरूको बारेमा हामी तपाईंहरुलाई ब्याख्या गर्नेछौं। कृपया अवश्य हेर्नुहोला!
【आर्थिक बर्ष 2025 Vol.1 जापानिज संस्करण अंग्रेजी संस्करण चाइनिज (सरलीकृत) संस्करण चाइनिज (परम्परागत) संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण】
यस अंकको विषयवस्तु:गर्भवती भएपछि प्रसुती सम्मको प्रक्रिया!
सूचना:बहुभाषा मा प्रकाशित जानकारी प्रदान
[सेन्दाईमा बसोबास गर्ने विदेशीनागरिकहरूको लागि प्रसुती र शिशु स्याहारमा सहयोग पुर्याउने गाइड] [विदेशी नागरिकहरूको लागि शिशु स्याहार सहायता साइट] [आमा र शिशुको लागि सहायता श्रृंखला]
परामर्श कर्मी कर्नर:「बच्चा पालनपोषण देखि गर्भवती, प्रसुती प्रक्रिया संस्करण~」
-परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-」
※जापानी, अंग्रेजी, चाइनिज (सरलीकृत), चाइनिज (परम्परागत), कोरियन, भिएतनामी, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ। जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ। अवश्य हेर्नुहोला।

