【रिपोर्ट】फेब्रुअरी १५ तारिक (शनि)「विदेशीनागरिक बालबालिका र उनीहरुको अभिवाबकका लागि प्राथमिक विद्यालय नयाँप्रवेश तयारी कक्षा」को आयोजना गरिएको थियो। (2/15小学校入学準備講座開催報告)
त्यसदिन, विदेशीनागरिकहरु नौ परिवार र बालबालिका सबैगरि २० जना सहभागी भएका थिए। नेपाली, बंगलादेशी, इन्डियन, चाइनिज, इन्डोनेसिया जस्ता विभिन्न देशका अभिभावकहरू सहभागी भै, प्राथमिक विद्यालय नयाँप्रवेश तयारी कक्षाको महत्वपूर्ण जानकारी, विद्यालय भित्रको दैनिकी र अध्ययन, थोरैपनि जापानी भाषा नजानेका विधार्थीलाई गरिने सहायताको बारेमा व्याख्या गरिएको थियो।
साथै, भाषा अनुसारको छुट्टाछुट्टै टेबुलमा बिभाजन गरि छलफल गरि, जापानी प्राथमिक विद्यालयमा पढ्दा चाहिने स्कूलका शैक्षिक सामग्री कसरी किन्ने र किन्दा ध्यान दिनुपर्ने कुराहरू, स्कूलको खानाको बारेमा लागेका चिन्ता, विद्यालयका शिक्षकहरूसँग कुराकानी गर्ने तरिका, आदि प्रत्येक सहभागीहरुको आफ्नो आफ्नो सोध्न मनलागेका कुराहरु सोधी छलफल सम्पन्न गरियो।
「यस कक्षामा, प्रथमिक बिधालयबाट अग्रिम रुपमा वितरण गरिने कागजातहरू कसरी भर्ने भनेर सिक्न चाहन्छु।」「दिउँसो बिधालयमा दिइने खानेकुरा पनि आफुलाई मननपर्ने वा खान नमिल्ने कुरा भएमा म के गर्ने?」जस्ता, आदि धेरै कुराहरुको गरि सक्रिय रुपमा सहभागि भएका थिए।
सेन्टीयाले, प्रत्येक बर्ष फेब्रुअरी महिनामा प्राथमिक विद्यालय नयाँप्रवेश तयारी कक्षाको आयोजना गर्छ। यसबाहेक पनि, विदेश सँग सम्बन्ध भएका बालबालिकाका लागी सहायता परामर्श डेस्कमा परामर्श गर्न पनि सक्नुहुन्छ, त्यसैले भाषाकक्षा र सहायता डेस्कको उपयोग गर्नुहोस।
●विदेश सँग सम्बन्ध भएका बालबालिका सहायता परामर्श डेस्क
https://int.sentia-sendai.jp/child/support/n/
●नयाँप्रवेश तयारी कक्षाको लागि उपयोगी जानकारी(SenTIA HP बालबालिका पालनपोषण)
https://int.sentia-sendai.jp/n/life/child.html