ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「आर्थिक बर्ष 2024 निवासी कर छुट भएका घरपरिवारलाई दिइने आकस्मिक सहायता रकम」र 「कर छुट भएका घरपरिवारलाई बालबच्चा-पालनपोषण लागि अतिरिक्त सहायता रकम दिइने」 बारे सूचना (仙台市からの「令和6年度住民税非課税世帯への緊急支援給付金」、「住民税非課税世帯の子育て世帯への加算給付」についてのお知らせ)

●कस्तो किसिमको सहायता रकम हो ?

विशेष गरी बढ्दो मूल्यबाट प्रभावित न्यून आय भएका सँगै बस्ने घरपरिवारलाई सहयोग गर्नको लागी प्रदान गरिनेछ।

●कति पैसा पाइन्छ ?

①आर्थिक बर्ष 2024 निवासी कर छुट परिवारहरू घरपरिवालाई दिइने आकस्मिक सहायता रकम
  प्रति घरको लागि 30,000 येन हुन्छ।

②र छुट भएका घरपरिवारलाई बालबच्चा-पालनपोषण लागि अतिरिक्त सहायता रकम
  0 बर्ष देखि 18 वर्षका प्रत्येक बालबालिकाको लागि 20,000 येन हुन्छ।

●कसले सहायता रकम पाउन सक्छ?

तलका निम्न मापदण्ड पूरा गरेका घरपरिवार योग्य हुनेछ।

1.आर्थिक बर्ष 2024 निवासी कर छुट परिवारहरू घरपरिवालाई दिइने आकस्मिक सहायता रकम

घरका सबै सदस्यहरू भएको हुनुपर्छ अनि तल दिइएको (1) र (2) दुवै मापदण्ड पूरा गरेको हुनुपर्छ।

(1)2024 डिसेम्बर 13 तारिक सम्म सेन्दाइ सहरको आधारभूत निवासी पञ्जीकरणमा अभिलेख
(2)2024 आर्थिक वर्षको निवासी कर छुट पाएका परिवारहरू कुनै कर तिर्नु परेको छैन〉」 (जीविका पार्जनको लागी पैसा प्राप्त गर्ने व्यक्तिहरू पनि समावेश )

※यदि परिवारका सबै सदस्यहरू 2024 निवासी करदाता सँग आश्रित भै अन्य व्यक्तिहरू सँग पनि आश्रित भएको खण्डमा योग्य हुने छैनन। साथै, यदि परिवारका सबै सदस्यहरू 2024 निवासी करदाता अधीनमा रहेका परिवारका सदस्यहरूबाट तलब प्राप्त गर्छन्, तिनीहरू योग्य हुने छैनन।

※यदि कर सन्धिको आधारमा निवासी कर छुटको लागी निवेदन दर्ता गरेका घरपरिवारहरू योग्य हुने छैनन।

2. बालबच्चा-पालनपोषण गरिरहेका कर छुट भएका परिवारहरूको लागि अतिरिक्त सहायता रकम
”आर्थिक बर्ष 2024 निवासी कर छुट परिवारहरू घरपरिवालाई दिइने आकस्मिक सहायता रकम”का लागि योग्यहरू मध्ये, 18 वर्ष मुनिका
बालबालिकाहरूलाई सहायता गर्नेहरू (२ अप्रिल, 2006 मा वा पछि जन्मेका बच्चाहरू)।

●सहायता रकम पाउन कसरी अनि कहिलेसम्ममा आवेदन दिनुपर्छ ?

 योग्य परिवारहरूले यस प्रकारको खाम प्राप्त गर्नेछन्।

1.2024 साल जनवरी 1 तारिखमा सेन्दाई शहरमा बसोबास दर्ता गरेका घरहरू (सेन्दाई सिटिमा करको बिबरण भएका घरपरिवारहरू)

(1)सार्वजनिक कोष प्राप्त गर्ने खाता दर्ता गरेका वा विगतमा न्यून आय भएका परिवारका लागिको रकम प्राप्त गरेको खाता भएका घरपरिवारहरूलाई

“भुक्तानीको सूचना” पठाइनेछ। भुक्तानी “भुक्तानीको सूचना” सूचीबद्ध खातामा स्थानान्तरण गरिनेछ, त्यसैले कुनै विशेष आवेदन प्रक्रियाहरू आवश्यक पर्दैन। यद्यपि, यदि तपाईं आफ्नो खाता परिवर्तन गर्न चाहनुहुन्छ वा लाभहरू प्राप्त गर्न अस्वीकार गर्न चाहनुहुन्छ भने, 2025 फेब्रुअरी 18 तारिक (मंगलबार) सम्ममा समर्पित नम्बर 0120-000-483 मा सम्पर्क गर्नुहोस्।

(2)“(1)” बाहेकका घरपरिवार

योग्य घरहरूलाई आवेदनको लागि आवश्यक कागजात हुलाक मार्फत पठाइनेछ। पेमेन्टको लागि योग्य हुनुभएको खण्डमा आवश्यक जानकारीहरू भरेर सेन्दाई शहरमा हुलाकद्वारा पठाउनुहोस्। आवेदन दिने अन्तिम म्याद 2025 जुन 2 तारिक (सोमबार) सम्म हो।

※बालबालिकालाई दिइने थप सहायता रकमको लागि आवेदन दिने तरिकालाई पठाइएको पत्रमा उल्लेख गरिएको दुई-आयामी कोडद्वारा चेक गर्नुहोस्।

2.2024 साल जनवरी 2 तारिखमा वा त्यसपछि सेन्दाई शहरमा बसाइँ सर्नुभएको व्यक्तिहरू हुने घरहरु

तपाईंले हुलाक मार्फत लाभहरूको बारेमा सूचनाको कागजात प्राप्त गर्नुहुनेछ। यो भत्ताको लागि योग्य हुनुहुन्छ भने भत्ताको लागि टेलिफोन 0120-000-483 मा सम्पर्क गर्नुहोस्। पछि आवेदन फाराम मेल गरिनेछ।

 सहायता रकम को विषयमा सोधपुछ गर्न चाहनुहुन्छ भने निम्न नम्बरलाई फोन गर्नुहोस्।

 

आकस्मिक सहायता रकमको लागि टेलिफोन

 ・फोन नम्बर :0120-000-483
 ・रिसेप्सनको समय :कार्यालयको दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 8:30 देखि बेलुका 5:00 सम्म
 ・उपलब्ध भाषा :जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामिज, नेपाली

●सहायता रकमको विषयबाहेक अरू विषयमा पनि विदेशी भाषामा सल्लाह गर्न सकिन्छ ?

 अरू विभिन्न विषयमा विदेशी भाषामा सल्लाह गर्न “सेन्दाई बहुसंस्कृति समाज केन्द्र” मा फोन गर्नुहोस।
 

सेन्दाई बहुसंस्कृति समाज केन्द्र

 ・फोन नम्बर :022-224-1919
 ・रिसेप्सनको समय :बिहान 9:00 बजे देखि साँझ 5:00 सम्म (यस केन्द्र बन्द हुने महिनाको 1 वा 2 दिन अनि वर्षको अन्त र नयाँ वर्षको विदाको दिनहरू बाहेक)

बिस्तृत जानकारीको लागी सेन्दाई सिटीको होमपेजमा हेर्नुहोस।
सेन्दाई सिटि होमपेज (नेपाली)
https://www.city.sendai.jp/shakai-kanri/r6_hikazeisetaikyuuhukin_gaikokugo_ne.html