ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

युक्रेनी संस्कृतिको अनुभव लिने कार्यक्रम「साना गेडी (बिज) बाट माला (ताबीज) बनाउने अनुभब कार्यक्रम」(SenTIA को सहयोग मा आयोजित कार्यक्रम)

सेन्दाई अन्तर्राष्ट्रिय सँस्कृति आदानप्रदान क्लबमा, युक्रेनको「साना गेडी (बिज) बाट माला (ताबीज) बनाउने」अभ्यास कार्यशालाको आयोजना गर्नेछ।
सेन्दाई अन्तर्राष्ट्रिय सँस्कृति आदानप्रदान क्लबको अलग अलग सांस्कृतिको आदानप्रदान कार्यक्रममा चाँही, विदेशी संस्कृतिको अनुभव लिने र अबलोकन गर्ने, विभिन्न देश र जातजातिका फरक मानिसहरूलाई एकआपसमा सम्मान गर्ने उद्देश्य हो।
यसपटक चाँही यस कार्यशाला युक्रेनको「साना गेडी (बिज) बाट माला (ताबीज) बनाउने」अनुभब गर्न सकिने कार्यशाला हो।
युक्रेनको परम्परागत ढाँचाहरूसँग आकर्षक माला (ताबीज) बनाउन सक्नेछौ।
जसले पनि सजिलैसँग बनाउन सक्ने, बजारमा उपलब्ध हुने साना गेडी (बिज) को प्रयोग गरेर बनाइनेछ।
परम्परागत ढाँचाहरूको, विभिन्न अर्थ लाग्नेछ।
यो युक्रेनको चालचलन बारे जान्न को लागी अनुभब स्थल हो।

साथै, ध्यान राख्नुहोस कि, यस कार्यशालामा सिकाउने व्यक्ति चाँही दक्ष अनुभबी व्यक्ति भने होइनन। त्यस दिन, युक्रेननागरिक अन्तर्राष्ट्रिय विद्यार्थी गाल्याले सिकाउने छन।
जो कोही पनि सहभागी हुन सक्नुहुन्छ (विदेशी नागरिक, बिधालय जाने उमेरका बालबालिकालाई स्वागत) छ।
अवश्य सहभागी हुनुहोला!

◆मिति, समय:२०२४ जुन २९ तारिक(शनिबार)दिउँसो साढे १ बजे देखि साढे ३ बजे
◆स्थान : बहुसांस्कृतिक समाज केन्द्रको प्रशिक्षण हल A
(सेन्दाई सिटि आओबायामा मुबान्ची सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवनको पहिलो तला)
◆प्रशिक्षक : गाल्या जी (युक्रेनी नागरिक, अन्तर्राष्ट्रिय विद्यार्थी)
◆सहभागिता शुल्क :३०० येन
◆ आवश्यक संख्या : १० जना (पहिले आउनेलाई प्रथामिकता दिइने)
◆आवेदनको लागी : आयोजक अन्तर्राष्ट्रिय साँस्कृती आदानप्रदान क्लब sendai@jcifc.com
◆ अन्तिम म्याद : २०२४ जुन २७ तारिक (बिहीबार)