ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

मार्च महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम राख्ने बारेको जानकारी/3月の専門相談会のお知らせ

● मार्च २ तारिक प्रशासनिक लेखनदास द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम गर्नेछौ।
भिजा, बसाई अनुमतिको अवस्था र प्रशासनिक प्रक्रियाहरुको बारेमा मियागी प्रान्तको प्रशासनिक संस्थाको प्रशासनिक लेखनदास सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२४ मार्च २ तारिक(शनिबार)१:०० बजे देखि ४:०० बजे
Administrative-Scriveners.pdf

● मार्च ८ तारिक वकिल द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम गर्छौं।
पारिवारिक समस्या (सम्बन्धविच्छेद, मुद्दामामिला, उत्तराधिकार आदि) ऋण लिँदा तथा दिँदा आउने समस्या (बिभिन्न ठाउँको ऋण आदि), घर, कोठा भाडामा लिनेदिने, सवारी दुर्घटना, सम्झौतापत्रको मुद्दा आदि कानुनी मामिलाहरूको बारेमा सेन्दाई बारएसोसिएसनको वकिल सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२४ मार्च ८ तारिक(शुक्रबार)१:०० बजे देखि ४:०० बजे
Lawyers.pdf

● मार्च २१ तारिक श्रमिक ब्युरो द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम गर्छौं।
ज्याला, काम गर्ने समय, छुट्टी, रोजगार सम्झौता, रोजगार खोज्ने तरिका आदिको परामर्श, मियागी श्रमिक ब्यूरोका कर्मचारीहरु द्वारा प्रदान गरिन्छ ।
【समय】२०२४ मार्च २१ तारिक(बिहिबार)१:०० बजे देखि ४:०० बजे
Labour-Bureau.pdf

● मार्च २२ तारिक अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) द्वारा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम गर्छौं।
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्बन्धि सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्यूरो (इमिग्रेशन) सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२४ मार्च २२ तारिक(शुक्रबार)१:०० बजे देखि ४:०० बजे
Immigration-Bureau.pdf

● मार्च २७ तारिक कर लेखनदास द्वारा शेषज्ञिय परामर्श कार्यक्रम गर्छौं।
जापानको करको बारेमा तोहोकु कर लेखनदास संघको पधाधिकारी सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ मार्च २७ तारिक(बुधबार)१:०० बजे देखि ४:०० बजे
Tax-Accountants.pdf

※परामर्शको लागी शुल्क लाग्दैन। परामर्श लिन मिल्ने समय प्रति व्यक्ति ३० मिनेट सम्म हुनेछ।
※परामर्श गर्न चाहानुहुने व्यक्तिले, निबेदन गर्ने बेलामा निम्नलिखित कुराहरु भर्नुहोस।

– तपाईंको नाम, सम्पर्क ठेगाना (फोन नम्बर, इमेल आइडी)
– तपाईंको राष्ट्रियता (देश)
– तपाईंको बसाई अनुमतिको अवस्था
– तपाईंलाई परामर्श गर्न मन लागेको बिषयको बारेमा (समस्या को बारेमा)
– परामर्श लिन चाहानुहुने भाषा
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?

<< विशेषज्ञिय परामर्श कार्यक्रमको निबेदनको लागि यहाँ सम्पर्क गर्नुहोस>>
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र / सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवनको पहिलो तल्ला
टेलिफोन: ०२२-२२४-१९१९, ०२२-२६५-२४७१ / इमेल: tabunka@sentia-sendai.jp