ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

नोभेम्बर महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम राख्ने बारेको जानकारी/11月の専門相談会のお知らせ

● नोभेम्बर ४ तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श गर्छौं।
भिसा, बसाई अनुमतिको अवस्था, प्रशासनिक प्रक्रियाको बारेमा मियागी प्रान्तको प्रशासनिक संस्थाको प्रशासनिक लेखनदास सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ नोभेम्बर ४ तारिख (शनिबार) १:०० बजे देखि ४:०० बजे
Administrative-Scriveners.pdf

● नोभेम्बर १० तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श कार्यक्रम गर्छौं।
पारिवारिक समस्या (सम्बन्धविच्छेद, मुद्दामामिला, उत्तराधिकार आदि) ऋण लिँदा तथा दिँदा आउने समस्या (बिभिन्न ठाउँको ऋण आदि), घर,कोठा भाडामा लिनेदिने, सवारी दुर्घटना, सम्झौतापत्रको मुद्दा, आदि कानूनी मामिलाहरूको बारेमा सेन्दाई बार एसोसिएसनको वकिलसँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ नोभेम्बर १० तारिक (शुक्रबार) १:०० बजे देखि ४:०० बजे
Lawyers.pdf

● नोभेम्बर १६ तारिख श्रमिक ब्युरो द्वारा विशेषज्ञीय परामर्श कार्यक्रम गर्छौं
ज्याला, काम गर्ने समय, बिदा, श्रम सम्झौता, काम खोज्ने तरिका आदिका बारेमा मियागी श्रमिक ब्युरोका कर्मचारी सँग परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ नोभेम्बर १६ तारिक (बिहिबार) १:०० बजे देखि ४:०० बजे
Labour-Bureau.pdf

● नोभेम्बर २४ तारिक अध्यागमन तथा आप्रवासन ब्युरो (इमिग्रेशन) द्वारा विशेषज्ञीय परामर्श कार्यक्रम गर्छौं।
अध्यागमन तथा बसोबास प्रक्रिया, भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सक्नुहुन्छ।
【समय】२०२३ नोभेम्बर २४ तारिक (शुक्रबार) १:०० बजे देखि ४:०० बजे
Immigration-Bureau.pdf

※परामर्शको लागि शुल्क लाग्दैन। परामर्श लिन सक्ने समय चाहिं एक जनाको लागि 30 मिनेट सम्म हुन्छ|
※परामर्श गर्न चाहनुहुने व्यक्तिले, निवेदन गर्ने बेलामा निम्नलिखित कुराहरु भन्नुहोस।

– तपाईँको नाम, सम्पर्क ठेगाना (फोन नम्बर / ईमेल आइडी)
– तपाईँको बसाई अनुमतिको आवस्था
– तपाईँलाई परामर्श गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?

<< विशेषज्ञीय परामर्श कार्यक्रमको निबेदनको लागि यँहा सम्पर्क गर्नुहोस >>
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र / सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवनको १ तल्ला
टेलिफोन:022-224-1919、022-265-2471/इमेल:tabunka@sentia-sendai.jp