ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई चुचुमी निङग्यो (रङ्ग दलेर खेलौनालाई आकार दिने चित्रकला) को अनुभव (SentIA को सहयोग बाट आयोजीत कार्यक्रम)(堤人形絵付け体験)

सेन्दाई अन्तर्राष्ट्रिय साँस्कृति आदानप्रदान क्लबमा, सेन्दाई चुचुमी निङग्यो (रङ्ग दलेर खेलौनालाई आकार दिने चित्रकला) को अनुभव लिनलाई कार्यक्रमको आयोजना गर्ने छ।
हाम्रो सेन्दाई अन्तर्राष्ट्रिय साँस्कृति आदानप्रदान क्लबको फरक साँस्कृति आदानप्रदान कार्यक्रममा, देश वा जातजाति र साँस्कृति फरकफरक भएका मानिसहरू बीच आपसी सद्भावना प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
यसपटक भने सेन्दाई चुचुमी निङग्यो (रङ्ग दलेर खेलौनालाई आकार दिने चित्रकला) को अनुभव लिने कार्यक्रम राखिएको छ।

सेन्दाई चुचुमी निङग्यो (रङ्ग दलेर खेलौनालाई आकार दिने चित्रकला) सेन्दाईको परम्परागत माटो बाट बानाईने खेलौना हो। अहिले भन्दा लगभग ३०० वर्ष पहिले क्योटो को प्रविधि को आधारमा उत्पत्ति भएको थियो। यो सेन्दाई चुचुमी निङग्यो (रङ्ग दलेर खेलौनालाई आकार दिने चित्रकला) एदोजिदाईको सताब्धीमा अति लोकप्रिय भएको चित्रलाई「जस्ता को तस्तै प्रिन्ट गरिएको」शैलीमा त्रि-आयामी कला कार्यको रूपमा विकसित भयो।

यस कार्यशालाको, मुख्य उद्देश्य मुख्यतया विदेशी नागरिकहरूलाई जापानको परम्परागत साँस्कृतिको अनुभव गराउनुका साथै, एकअर्काको साँस्कृतिलाई बुझ्न र सबैको साँस्कृतिलाई सम्मान गर्ने उद्देश्यले गरिएको हो।

जो कोही पनि सहभागी हुन सक्नुहुनेछ (जुनकुनै राष्ट्रियता भएपनि हुने, बिधालयका बालबालिकाहरु लाई पनि स्वागत) छ।
अवश्य, सहभागिताको लागि आवेदन दिनुहोस।

◆मिति र समय:2023 जुलाई 22 तारिक(शनिबार)10:30 देखि 12:00
◆स्थान :सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको प्रशिक्षण कक्ष A
आओबा-कु, आओबायामा मुबान्ची सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवनको 1 तल्ला)
◆सहभागीता क्षमता : 12 जाना (पहिलो आउनेको संख्याको आधारमा)
◆सहभागिता शुल्क : 800 येन
◆ प्रशिक्षक : सेन्दाई चुचुमी निङग्यो (रङ्ग दलेर खेलौनालाई आकार दिने चित्रकला) लेखक सातो अकिहिको सान
◆आवेदन गर्ने स्थान:अन्तर्राष्ट्रिय साँस्कृति आदानप्रदान क्लबमा sendai@jcifc.com (सातो)