ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

जुलाइ महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/7月の専門相談会のお知らせ

● जुलाइ 1 तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श परामर्श बैठक गर्छौं
भिजा, बसाइ अनुमति तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय लेखनदास संस्थामा सल्लाह गर्न सक्नुहुन्छ ।
【समय】2023 जुलाइ 1 तारिक (शनिबार) 13:00 – 16:00
Administrative-Scriveners.pdf

● जुलाइ 14 तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
घरायसी समस्या (सम्बन्ध बिच्छेद, अभिभावकीय दाइत्व,उत्तराधिकारी आदि), ऋण सम्बन्धि समस्या (ऋण माथि ऋण) घरभाडा,यातायात दुर्घटना, सम्झौता सम्बन्धी समस्या, जस्ता कानूनी मामिलाहरूको सम्बन्धमा सेन्दाइ बार एसोसिएसन सँग सल्लाह गर्न सक्नुहुन्छ
【समय】2023 जुलाइ 14 तारिक (शुक्रबार) 13:00 – 16:00
Lawyers.pdf

● जुलाइ 20 तारिक श्रम ब्युरो द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
मियागी श्रम ब्यूरोसँग तलब, काम गर्ने समय , बिदा, श्रम सम्झौता तथा कसरी काम खोज्ने भन्ने बारे परामर्श गर्न सक्नुहुन्छ।।
【समय】2023 जुलाइ 20 तारिक (बिहीबार) 13:00 – 16:00
Labour-Bureau.pdf

● जुन जुलाइ 28 तारिक अध्यागमन तथा आप्रवासन बिभाग (इमिग्रेशन) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्वन्धि सरसल्लाहको लागि सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】2023 जुलाइ 28 तारिक (शुक्रबार ) 13:00 – 16:00
Immigration-Bureau.pdf

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को लागि 30 मिनेट सम्म हुन्छ |
※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाईको नाम, सम्पर्क ठेगाना (फोन नम्बर / इमेल)
– तपाईको बसाइ अनुमतिको आवस्था
– तपाइलाई सल्लाह गर्न मन लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?

<<विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला>>
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
【निवेदनको लागि सम्पर्क】TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp