ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागी हुन भर्ना खुला छ】सेन्टिया अनलाइन जापानिज भाषा 2023 जून 6 तारिक देखि अगष्ट 8 तारिक (SenTIAオンラインにほんご)


आधारभूत रुपका जापानी भाषा अध्ययन गर्दै, सेन्दाईमा दैनिक जीवनयापन गर्नको लागिको आवश्यक ज्ञान सिक्नेछौ।
पढाई जापानी भाषामा मात्र सञ्चालन गरिनेछ। (प्रशासनिक सहयोगको लागि अंग्रेजी भाषामा पनि प्रदान गरिनेछ।)

■समय : 2023 जून 6 तारिक (मंगल) देखि अगष्ट 8 तारिक (मंगल)
प्रत्येक हप्ताको मंगलबार बिहान 10 बजे देखि 12 बजे सम्म
■संख्या : सबै गरेर जम्मा 10 पटक
■तरिका :
•पहिलोपटक र 10 औं पटक चाँही सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा (※) मा जम्मा हुनुपर्नेछ ।
•दोस्रोपटक देखि 9 औं पटक भने अनलाइन (जुम) बाट गरिनेछ ।
※सेन्दाई शहर आओबा कु आओबायामा सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवनको पहिलो तल्ला
Google Maps:https://goo.gl/maps/tbJRqxsTucwMjgDL6
■लक्षित :
・जापानिज भाषा पहिलोपटक अध्ययन गर्नलाग्नु भएको व्यक्तिहरु, फेरि एकपटक जापानिज भाषा
सुरुबाट अध्ययन गर्न चाहनुहुने व्यक्तिहरु
(यस कक्षामा क्रियापद को प्रयोग आदिको बारेमा अध्ययन गरिदैन।)
•16 वर्ष भन्दा माथिका व्यक्तिहरू
•सैदान्तिक रुपमा, 10 औं पटक सम्मको सबै भागमा सहभागी हुन सक्ने व्यक्तिहरू
※कारणबश सबै भागमा सहभागी हुन नसक्नु हुने व्यक्तिहरूले SenTIA मा परामर्श गर्नुहोला ।
■पाठ्यपुस्तक : 『इरोदोरी सेइकाचुनो निहोंनगो निउमोन』 आदिको प्रयोगगरिनेछ ।
https://nd.jpf.go.jp/starter/
■सामग्री : बिस्तृत सामग्रीको लागि पम्पलेट हेर्नुहोला ।
■सहभागिता शुल्क : निशुल्क (0 येन)
■आबेदन : https://forms.gle/oxpBLNoehgNpfpj56
※अन्तिम म्याद भने, जून 6 तारिक (आइतबार) हो । कृपया, त्यतिबेला सम्ममा आवेदन दिनुहोला।
■पम्पलेट :