ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

मे महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/5月の専門相談会のお知らせ

● मे 6 तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिसा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय लेखनदास संस्थाको कर्मचारीसँग सल्लाह गर्न सक्नुहुन्छ।
【मिति】2023 मे 6 तारिख (शनिबार) 13:00 – 16:00
Administrative-Scriveners.pdf

● मे 12 तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
घरायसी समस्या (सम्बन्ध बिच्छेद, अभिभावकीय दाइत्व, उत्तराधिकारी आदि ), ऋण सम्बन्धि समस्या (ऋण माथि ऋण) घरभाडा,यातायात दुर्घटना, सम्झौता सम्बन्धी समस्या, जस्ता कानूनी मामिलाहरूको सम्बन्धमा सेन्दाइ बार एसोसिएसन सँग सल्लाह गर्न सक्नुहुन्छ।
【मिति】2023 मे 12 तारिक (शुक्रबार) 13:00 – 16:00
Lawyers.pdf

● मे 18 तारिख श्रमिक ब्युरो द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
ज्याला, काम गर्ने समय, बिदा, श्रम सम्झौता,काम खोज्ने तरिका आदिका बारेमा मियागी श्रमिक ब्युरो द्वारा सल्लाह लिन सक्नुहुन्छ ।
【मिति】2023 मे 18 तारिख (बिहीबार) 13:00 – 16:00
Labour-Bureau.pdf

● मे 26 तारिक अध्यागमन तथा आप्रवासन ब्युरो (immigration) द्वारा विशेषज्ञीय परामर्श
बैठक गर्छौं
अध्यागमन तथा बसोबास प्रक्रिया, भिसा प्रक्रिया सम्बन्धि सर सल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【मिति】2023 मे 26 तारिख (शुक्रबार ) 13:00 – 16:00
Immigration-Bureau.pdf

※परामर्शको लागि शुल्क लाग्दैन।
सल्लाह लिनसक्ने समय चाहिं एकजनाको 30 मिनेट सम्म हुन्छ ।
※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाइको नाम, सम्पर्क ठेगाना (फोन नम्बर, ईमेल)
– तपाइको भिसा स्टाटस
– तपाइलाई सल्लाह गर्न मन लागेको कुरा (समस्या को बारेमा)
– अनुवादकको आवश्यक पर्छ कि पर्दैन?

<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला >>
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp