ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

मास्क लगाउने बारेको अवधारणा (२०२३ मार्च १३ देखि)/マスクを つけるときの 考(かんが)えかた (2023年(ねん) 3月(がつ) 13日(にち)~)

जापान सरकारको नीतिमा समीक्षा गरि, २०२३ मार्च १३ पछिदेखि नयाँ कोरोनाभाइरस संक्रामक रोग नियन्त्रण बिरूद्धको लागि मास्क लगाउने कि नलगाउने भन्ने बारेमा भने, मौलिक रूपमा त्यो व्यक्तिको आफ्नो निर्णय हुनेछ।
मास्क लगाउने कि नलगाउने भन्ने निर्णय गर्दा, तलका निम्न कुरामा ध्यान दिनुहोस।

【मास्क लगाउँदा प्रभावकारी हुने अवस्थाहरू】
● चिकित्सा संस्थामा स्वास्थ्य जाँचको लागि जानेबेलामा
● गम्भीर रोग लाग्नबाट उच्च जोखिममा हुने व्यक्तिहरू (जेष्ठ नागरिक, अन्तर्निहित रोगहरु भएका व्यक्तिहरु, गर्भवती महिला आदि) धरै मानिस भर्ना हुने अस्पताल, चिकित्सा संस्था वा वृद्धाश्रम आदिमा जानेबेलामा
● काम वा स्कूल जाँदाआउँदा भिडभाडको समय आदि, भीडभाड भएको ट्रेन वा बस (※) मा चड्नेबेलामा (अहिलेको लागि यो नियमको बेवस्था गरिएको)
※साधारणतया सबैजाना बस्न मिल्ने सिट भएको खण्डमा बाहेक
● गम्भीर रोग लाग्नबाट उच्च जोखिम हुने व्यक्तिहरू (जेष्ठ नागरिक, अन्तर्निहित रोगहरु भएका व्यक्तिहरु, गर्भवती महिला आदि) ले नयाँ कोरोनाभाइरस संक्रमण फैलिएको समयमा भीडभाड भएको ठाउँमा जानुपर्ने बेलामा भने, मास्क लगाउँदा प्रभावकारी हुन्छ।

【लक्षण देखिएको खण्डमा अपनाउने उपाय】
● लक्षण भएको व्यक्ति, नयाँ कोरोनाभाइरस संक्रमणको परीक्षण गरि पोजेटिभ देखिएको व्यक्ति, सँगै एकैसाथ बसेको व्यक्तिहरु माझमा पोजेटिभ देखिएको व्यक्तिले भने, आफ्नो वरपरका मानिसहरूमा संक्रमण फैलिन नदिनका लागि, घरबाट बाहिर ननिस्कनुहोस।
● अस्पताल जानेबेला आदि, यदि बाहिर नगईनहुने आवश्यकता परेको बेलामा भने, भिडभाड नभएको समय पार्ने, मास्क लगाउने गर्नुहोस।

【चिकित्सा संस्था वा वृद्धाश्रम आदिमा अपनाउने उपाय】
● वृद्धवृद्धा आदि गम्भीर रोग लाग्नबाट उच्च जोखिममा हुने व्यक्तिहरू धेरै भर्ना भएका अस्पताल, चिकित्सा संस्था वा वृद्धाश्रम आदिको कर्मचारीहरुलाई भने, ड्युटीको बेलामा हुँदा मास्क लगाउन सुझाव गरिनेछ।
【संक्रमण फैलावटको बेलामा अपनाउने उपाय】
● यदि संक्रमण फैलावट उल्लेखनीय रूपमा भएको खण्डमा भने, कतिपय स्थिति अनुसार उपयुक्त तरिकाले मास्क लगाउन व्यापक रूपमा आह्वान गर्ने आदि, यो भन्दा कडा संक्रमण नियन्त्रण उपायहरू अपनाउन आग्रह गर्न सक्छौं।
【व्यवसायीहरुले अपनाउने उपाय】
● राष्ट्रिय सूचना अनुसार मास्क लगाउने नलगाउने व्यक्तिको आफ्नो निर्णय अन्तर्गत छोडिएको छ तर, व्यवसायीहरुले संक्रमण नियन्त्रणका लागि अथवा व्यवसायिक कारण आदिले, ग्रहक अथवा कर्मचारीहरूले मास्क लगाउन आवश्यक पर्ने भनि स्वीकार गरिन्छ।
【आधारभूत रुपका संक्रमण नियन्त्रण】
● अबदेखि पनि निरन्तरता दिइने, 「तिन प्रकारको अवस्था (भिडभाड, मानिसहरु बिचको दुरी, सानो ठाउँमा धेरै मानिस भएको ठाउँ)」 लाई रोक्ने,「मानिसहरू बीचको दूरी कायम राख्ने」, 「हातको सरसफाई आदि सेनिटाइजर गर्ने」, 「झ्याल ढोका खोलि हावाको आवतजावत हुनदिने」 कार्यलाई दृढतापूर्वक जारी राख्नुहोस।