ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको बुलेटिन 2022 आर्थिक वर्ष Vol.4』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより2022年度Vol.4』ができました。)

『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको बुलेटिन』भनेको सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं ।
यस अंकको बिषयबस्तु चाँही, 「सार्वजनिक चिकित्सा बिमाको बारेमा जानीराखौं」हो । जापानमा, तपाईहरुलाई रोग वा चोटपटक लाग्दाको समयमा निर्धक्क सँग चिकित्सा उपचार प्राप्त गर्नको लागि, 「सार्वजनिक चिकित्सा बिमा」 भन्ने प्रणाली छ ।
यस अंकमा, 「सार्वजनिक चिकित्सा बिमा」 को प्रकार, बच्चा जन्माउँदा वा उपचार गर्दा लागेको महँगोखर्च फिर्ता पाउने, बिमा रकम घटाउने वा छुट गर्नको लागिको प्रक्रियाहरुको बारेमा केहीकुराहरुको व्याख्या गर्नेछौ । अवश्य हेर्नु होला ।

सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2022 आर्थिक वर्ष Vol.4
にほんご जापानिज संस्करण English अंग्रेजी संस्करण 中文版 चाइनिज संस्करण 한국어판 कोरियन संस्करण bản tiếng Việt भियतनामी संस्करण नेपाली संस्करण

[यस अंकको विषयवस्तु चांही] सार्वजनिक चिकित्सा बिमाको बारेमा जानीराखौं
[सूचना]
①दैनिक जीवनयापनमा अफ्ट्यारो परेको बेलामा,『सेन्दाईमा सहज जीवनयापनको लागिको सहयोगी पुस्तिका』 को उपयोग गर्नुहोस ।
②विदेशीनागरिक सहयोगको लागिको OASIS ले भने, परामर्श सेवा र सँगै गई भाषाको सहयोग गर्ने स्वयंसेवकहरू प्रदान गर्दछ ।
[परामर्श कर्मी कर्नर ※] सार्वजनिक चिकित्सा बिमाको बारेमा विचार गर्नुपर्ने कुरा - परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-

※परामर्श कर्मीहरुको सस्मरण लेखको कर्नरमा चाँही, जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनाम, नेपाली भाषाहरुका परामर्श कर्मीहरु प्रत्येकले आफ्नो आफ्नो भाषामा लेखेका छन । जापानी भाषाको लेख चाँही यहाँ तलको URL बाट हेर्न सक्नुहुनेछ । अवश्य हेर्नु होला ।
https://int.sentia-sendai.jp/blog/wp-content/uploads/2023/03/advisercorner2022vol.4.pdf