ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

मार्च महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/3月の専門相談会のお知らせ

●मार्च ४ तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गरिनेछ
भिसा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह लिन सक्नुहुन्छ ।
【समय】२०२३ मार्च ४ तारिख (शनिबार) १:०० बजे देखि ४:०० बजे
Administrative-Scriveners.pdf

●मार्च १० तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गरिनेछ
विवाह, घर भाडा, सम्पत्ति, र उत्तराधिकार जस्ता कानूनी मामिलाहरूको सम्बन्धमा सल्लाह गर्न सक्नुहुन्छ। परामर्शको लागि शुल्क लाग्दैन ।
[समय] २०२३ मार्च १० तारिक (शुक्रबार) १:०० बजे देखि ४:०० बजे
Lawyers.pdf

●मार्च १६ तारिख श्रमिक ब्युरो द्वारा विशेषज्ञीय परामर्श बैठक गरिनेछ
ज्याला, काम गर्ने समय, बिदा, श्रम सम्झौता,काम खोज्ने तरिका आदिका बारेमा मियागी श्रमिक ब्युरो द्वारा सल्लाह लिन सक्नुहुन्छ ।
[समय] २०२३ मार्च १६ तारिक (बिहीबार) १:०० बजे देखि ४:०० बजे
Labour-Bureau.pdf

●मार्च २२ तारिख कर लेखनदास संगठन द्वारा विशेषज्ञीय परामर्श बैठक गरिनेछ
जापानको कर को सम्बन्धमा तोहोकु कर लेखनदास संगठन द्वारा सल्लाह लिन सक्नुहुन्छ।
[समय] २०२३ मार्च २२ तारिक (बिहीबार) १:०० बजे देखि ४:०० बजे
Tax-Accountants.pdf

●मार्च २४ तारिक अध्यागमन तथा आप्रवासन ब्युरो (इमिग्रेशन) द्वारा विशेषज्ञीय परामर्श बैठक गरिनेछ
अध्यागमन तथा बसोबास प्रक्रिया, भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
[समय] २०२३ मार्च २४ तारिक (शुक्रबार) १:०० बजे देखि ४:०० बजे
Immigration-Bureau.pdf

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को 30 मिनेट सम्म हुन्छ |
※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |
– तपाईको नाम, सम्पर्क (फोन नम्बर / ईमेल)
– तपाईको बसाइ अनुमतिको आवस्था
– तपाईलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)

– अनुवादकको आवश्यक पर्छ कि पर्दैन ?

<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला >>

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र / सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवनको पहिलो तल्ला
टेलीफोन:022-224-1919、022-265-2471/इमेल:tabunka@sentia-sendai.jp