ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「सेन्दाई जापानिज भाषाकक्षा」पढ्न इच्छुक व्यक्तिहरुको लागि आवेदन खुला गरिएको छ (せんだい日本語講座)

「सेन्दाई जापानिज भाषाकक्षा」चाँही विदेशी नागरिकहरुका लागिको जापानीज कक्षा हो ।
तपाइको जापानिज भाषाको स्थर अनुसार, बिभिन्न कक्षाहरु उपलब्ध छन ।
अप्रिल 11 तारिख (मंगल) देखि पढाइ शुरु हुनेछ ।
शिक्षण शुल्क चाँही, निशुल्क हुन्छ (पुस्तकको शुल्क अलग )
स्थान: आवोबा कु च्युओउ सिमिन सेन्टर ।
पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्दछ ।

◆अन्तरबार्ता र कक्षा छुट्याउने टेस्ट = अप्रिल 7 तारिख (शुक्र)10:00~
(※पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्नेछ ।)
◆पढाइ अबधि= अप्रिल 11 तारिख (मंगल) ~ सेप्टेम्बर 8 तारिख (शुक्र)
◆पढाइ समय = प्रत्येक हप्ता मंगलबार~शुक्रबार (कक्षा अनुसार फरक पर्नेछ)
◆पढाइहुने स्थान = आवोबा-कु च्युओउ सिमिन सेन्टर (आवोबा-कु इचिबान्च्यो 2-1-4)
◆कक्षाहरु = प्रार्थमिक स्तर, माध्यामिक स्तर, उच्च माध्यमिक र खान्जी आदि
◆शिक्षण शुल्क = निशुल्क (पुस्तकको शुल्क अलग)
◆शिक्षक =NPOनिगम ICAS अन्तर्राष्ट्रिय शहर सेन्दाई लाई सहायता गर्ने नागरिक संगठन
◆कक्षा सम्बन्धि जानकारी तथा आवेदन फारमको लागि यो साइट हेर्नुहोला
https://int.sentia-sendai.jp/e/life/japanese_lesson1.html

※कक्षा छुट्याउने टेस्टमा वा पढ्न आउने बेलामा घरबाट ज्वोरो नापेर, मास्क लगाएर आउनुहोला ।
※कोरोना भाइरस संक्रमणका कारण, तालिका परिवर्तन वा रद्द हुन पनि सक्दछ ।