ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

जनवरी महिनाको विशेषज्ञिय परामर्श बारे सूचना/1月の専門相談会のお知らせ

●जनवरी ७ तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श
भिजा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासनिक लेखनदास संघ सँग परामर्श लिन सकिने छ ।
【समय】२०२३ जनवरी ७ तारिक(शनिबार)१३:००-१६:००
Administrative-Scriveners.pdf

● जनवरी १३ तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श
घरेलु समस्या (सम्बन्ध बिछेद,अभिभावकिय अधिकार, उत्तराधिकार आदि ), ऋण समस्या ( धेरै ठाउँमा ऋण भएको आदि ) घरभाडा सम्बन्धि समस्या, सडक दुर्घटना, सम्झौता सम्बन्धि समस्या आदिको बारेमा सेन्दाई वकिल संघ संग कानुनि परामर्श लिन सकिने छ ।
【समय】२०२३ जनवरी १३ तारिक (शुक्रबार) १३:००-१६:००
Lawyers.pdf

● जनवरी १९ तारिक श्रम बिभाग द्वारा विशेषज्ञिय परामर्श
ज्याला, काम गर्ने समय, छुट्टी,श्रम सम्झौता, काम खोज्ने तरिका आदिको बारेमा मियागी श्रम बिभाग सँग परामर्श लिन सकिने छ ।【समय】२०२३ जनवरी १९ तारिक (बिहिबार) १३:००-१६:००
Labour-Bureau.pdf

● जनवरी २७ तारिक अध्यागमन तथा आप्रवासन बिभाग (इमिग्रेशन) द्वारा विशेषज्ञीय परामर्श
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्वन्धि सरसल्लाहको लागि सेन्दाई अध्यागमन तथा आप्रवासन बिभाग सँग परामर्श लिन सकिने छ ।
【समय】२०२३ जनवरी २७ तारिक (शुक्रबार) १३:००-१६:००
※जनवरी २७ तारिक, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बिदा रहने।
अपोइन्टमेन्ट लिने वा सम्पर्क गर्न चाहानुहुनेहरुले, ०२२-२६८-६२६०(SenTIA अन्तर्राष्ट्रिय बिभाग) मा फोन गर्नुहोला।
Immigration-Bureau.pdf

※परामर्श गर्न चाहनुहुने व्यक्तिहरुले आवेदन दिंदा निम्नलिखित कुराहरु बुझाउनु होला |
– तपाईको नाम, सम्पर्क (फोन नम्बर / इमेल)
– तपाईको बसाइ अनुमतिको आवस्था
– तपाईले परामर्श गर्न चाहनुभएको कुराको बारेमा (समस्याको बारेमा)
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन?

<<विशेषज्ञीय परामर्श आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला>>
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
टेलिफोन:०२२-२२४-१९१९、०२२-२६५-२४७१/इमेल:tabunka@sentia-sendai.jp