ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

नोभेम्बर महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/11月の専門相談会のお知らせ

●नोभेम्बर 5 तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिजा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासनिक लेखनदास संघको प्रशासनिक कार्यकर्तासँग परामर्श गर्न सक्नुहुन्छ ।
【समय】2022 नोभेम्बर 5 तारिक(शनिबार)13:00-16:00
Administrative-Scriveners.pdf

●नोभेम्बर 11 तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
बिवाह, घरभाडामा लिनेदिने कम्पनि, सम्पत्ति सम्बन्धित समस्या, जस्ता कानुनी मामिला सम्बन्धमा परामर्श गर्न सक्नुहुन्छ ।
【समय】2022 नोभेम्बर 11 तारिक (शुक्रबार) 13:00 – 16:00
Lawyers.pdf

●नोभेम्बर 17 तारिक श्रमिक ब्यूरो द्वारा विशेषज्ञिय परामर्श बैठक गर्छौं
ज्याला, काम गर्ने समय, घण्टा, आराम गर्ने समय, श्रम सम्झौता, काम खोज्ने तरिका आदिको बारेमा मियागी श्रमिक ब्यूरोका कर्मचारीहरु सँग परामर्श लिन सक्नुहुन्छ ।
【समय】2022 नोभेम्बर 17 तारिक (बिहिबार) 13:00 – 16:00
Labour-Bureau.pdf

●नोभेम्बर 25 तारिक अध्यागमन तथा आप्रवासन बिभाग (इमिग्रेशन) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्वन्धि सरसल्लाहको लागि सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】2022 नोभेम्बर 25 तारिक (शुक्रबार ) 13:00 – 16:00
Immigration-Bureau.pdf

※परामर्श गर्न चाहनुहुने व्यक्तिहरुले भने, निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |
– तपाईको नाम, – सम्पर्क ठेगाना (फोन नम्बर / इमेल)
– तपाईको बसाइ अनुमतिको आवस्था
– तपाईले परामर्श गर्न चाहनुभएको कुरा को बारेमा (समस्या को बारेमा)
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन ?

<<विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला>>
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
टेलिफोन:022-224-1919、022-265-2471/इमेलl:tabunka@sentia-sendai.jp