ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

[सहभागीको आवेदन खुला ]विदेशीनागरिक प्रकोप रोकथाम लिडरका लागि वृद्धि विकास प्रशिक्षण संचालनको सूचना (外国人防災リーダー育成研修)

सम्पूर्ण महानुभावहरुमा,के तपाईलाइ सेन्दाईमा गएको प्रकोपहरुको बारेमा थाहा छ ? अहिले सम्म प्रकोप पिडितहरुको कुरा सुन्नु भएको छ ? प्रकोप आउनु भन्दा पहिले नै,प्रकोप आइ पर्दा खेरी के गर्दा ठिक हुन्छ, प्रकोप तथा प्रकोप रोकथामको बारेमा सिकेर,परिवार या साथीभाइलाइ यसबारेमा भनौ ।
प्रकोप रोकथामको बारेमा रुची राख्ने बिदेशी नागरिक,तथा टोल समुदायमा हुने प्रकोप रोकथामको कार्यमा रुची हुने सम्पूर्ण बिदेशी नागरिकको सहभागीताको प्रतिक्षामा छौं ।

【पहिलोपटक】
मिति : नोभेम्बर 6, 2022 (आइतबार) 10:00~16:00 
स्थान : सेन्दाई ताबुन्का क्योउसे सेन्टर(सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र), सुनामी पुनर्निर्माण मेमोरियल संग्रहालय युरिआगे नो कियोकु
बक्ता : श्री हायासाका मासातो ज्यु (सेन्दाई सिटि संकट ब्यावस्थापन तथा आन्तरिक बिपत न्यूनीकरण प्रवर्द्धन बिभाग)

【दोस्रोपटक】
मिति : जनवरी 14, 2023 (शनिबार) 13:30~16:00 
स्थान : सेन्दाई सी फुकुसी प्लाजा 2 नम्बर प्रशिक्षण हल(सेन्दाई सी आओबा कु इचुचु बासी 2-12-2)

◆लक्षित व्यत्ति : प्रकोप तथा प्रकोप रोकथाममा रुचि राख्ने विदेशी बासिन्दाहरू जो दैनिक बोलचालको जापानी भाषामा कुराकानी गर्न सक्दछन
◆सहभागी संख्या : 20 जना  ※पहिला आउने लाई पहिको प्रार्थमिकता
◆उपस्थित शुल्क : निशुल्क
◆आवेदन बिधि : यसको लागिको वेब फारम मार्फत आवेदन दिनुहोस
https://forms.gle/jgrmkJCjNESzBJp66 
◆आवेदनको समय सीमा :
पहिलोपटक सेप्टेम्बर 31,2022
दोस्रोपटक जनवरी 9, 2023