ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

अक्टोबर महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/10月の専門相談会のお知らせ

●अक्टोबर 1 तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिजा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासनिक लेखनदास संघको प्रशासनिक कार्यकर्तासँग परामर्श गर्न सक्नुहुन्छ ।
【समय】2022 अक्टोबर1तारिक(शनिबार)13:00-16:00

Administrative-Scriveners.pdf

●अक्टोबर 7 तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
बिवाह, घरभाडामा लिनेदिने कम्पनि, सम्पत्ति सम्बन्धित समस्या, जस्ता कानुनी मामिला सम्बन्धमा परामर्श गर्न सक्नुहुन्छ ।
【समय】2022 अक्टोबर 7 तारिक (शुक्रबार) 13:00 – 16:00

Lawyers.pdf

●अक्टोबर 28 तारिक अध्यागमन तथा आप्रवासन बिभाग (इमिग्रेशन) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्वन्धि सरसल्लाहको लागि सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】2022 अक्टोबर 28 तारिक (शुक्रबार ) 13:00 – 16:00

Immigration-Bureau.pdf

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को लागि 30 मिनेट सम्म हुन्छ |
※परामर्श गर्न चाहनुहुने व्यक्तिहरुले भने, निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाईको नाम, – सम्पर्क ठेगाना (फोन नम्बर / इमेल)
– तपाईको बसाइ अनुमतिको आवस्था
– तपाईले परामर्श गर्न चाहनुभएको कुरा को बारेमा (समस्या को बारेमा)
– दोभाषेको आवश्यकता पर्छ कि पर्दैन ?

<<विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला>>

【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
टेलिफोन:022-224-1919、022-265-2471/इमेलl:tabunka@sentia-sendai.jp